• Sat. Jul 27th, 2024

भद्रपुर गौशालाको नयाँ समिति सर्वसम्मत चयन

BySaptahik Samachar

१६ माघ २०८०, मंगलवार १७:३१ १६ माघ २०८०, मंगलवार १७:३१ १६ माघ २०८०, मंगलवार १७:३१

अध्यक्षमा हुलासचन्द्र सरिया

भद्रपुर १६ माघ / भद्रपुर गौशालाको अध्यक्षमा हुलासचन्द्र सरिया सर्वसम्मत चयन हुनुभएको छ। २०८० माघ ११ गतेको साधारण सभाले चयन गरेको सदस्यहरू मध्येबाट समितिको बैठकले अध्यक्षसहितको पदाधिकारी टीम सर्वसम्मत चयन गरेको हो।
गौशालाका प्रमुख संरक्षक जगदिशप्रसाद मिण्डाको प्रमुख आतिथ्य र निवर्तमान अध्यक्ष राजेन्द्र चापागाईंको सभापतित्वमा भएको बैठकले अध्यक्षमा सरियासहित उपाध्यक्षमा विनय गोयल, सचिवमा अजय साहेवाला, कोषाध्यक्षमा विनोदकुमार मित्तल र सहसचिवमा रिता दाहाल सुवेदीलाई चयन गरेको हो।

त्यसैगरी सदस्यहरूमा राजेन्द्र चापागाईं, सुरेश सरिया, गोपालचन्द्र अग्रवाल, सत्य नारायण तायल, रमेशचन्द्र झा र नन्दकिशोर सरावगी रहनुभएको छ। विधान अनुसार नवगठित कार्य समितिको पदावधि दुई बर्षको रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *