• Sat. Apr 20th, 2024

भद्रपुर उपशाखाद्वारा रेडक्रस अभिमुखीकरण

BySaptahik Samachar

३० बैशाख २०८०, शनिबार १७:०३ ३० बैशाख २०८०, शनिबार १७:०३ ३० बैशाख २०८०, शनिबार १७:०३

भद्रपुर ३०,वैशाख / नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले रेडक्रस अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य र उपशाखाका सभापति गोपाल गिरीको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रमको सहजीकरण कोसी प्रदेशका सदस्य कृष्ण मैनालीले गर्नुभएको थियो।

कार्यक्रममा उपशाखाका सल्लाहकार, कार्यसमितिका पदाधिकारी-सदस्यहरू, विभिन्न उपसमिति, यशस्कर, विशिष्ट र आजीवन सदस्यहरूको सहभागिता थियो।
प्रमुख अतिथि नगर प्रमुख पोखरेलले उद्घाटन मन्तव्य सहित शुभकामना व्यक्त गरेको कार्यक्रममा रेडक्रस भद्रपुर उपशाखाका उपसभापति शर्मिला अधिकारीले स्वागत मन्तव्य, सचिव केदार महतले कार्यक्रम सञ्चालन र सभापति गिरीले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नुभएको थियो।

2 thoughts on “भद्रपुर उपशाखाद्वारा रेडक्रस अभिमुखीकरण”

Leave a Reply

Your email address will not be published. Required fields are marked *