• Thu. Feb 13th, 2025

भद्रपुरमा राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता शुरू

BySaptahik Samachar

२६ फाल्गुन २०७८, बिहीबार १६:३२ २६ फाल्गुन २०७८, बिहीबार १६:३२ २६ फाल्गुन २०७८, बिहीबार १६:३२

भद्रपुर २६,फागुन /झापाको भद्रपुरमा राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता शुरू भएको छ। भद्रपुर नगरपालिकाका २८वटा विद्यालयको सहभागितामा आजबाट प्रतियोगिता शुरु भएको हो।
मेची रंगशालामा शुरू प्रतियोगिताको भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्य र नगर खेलकुद बिकास समितिका अध्यक्ष श्यामकुमार राउतको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको छ। आजबाट तीन दिन सम्म चल्ने प्रतियोगितामा एथ्लेटिक्सका विभिन्न इभेन्ट्स् का साथै पुरूष तथा महिला भलिबल र कपर्दी लगायतका खेलहरू समावेश गरिएको छ।
प्रतियोगिताको उद्घाटनका अवसरमा नगर प्रमुख श्रेष्ठ सहित उपप्रमुख चन्द्रमाया श्रेष्ठ,प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने नगर शिक्षा शाखा प्रमुख राजकुमार ओडारीले स्वागत मन्तव्य र योगेन्द्र पौडेलले कार्यक्रम संचालन गर्नुभएको थियो।

48 thoughts on “भद्रपुरमा राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता शुरू”

Leave a Reply

Your email address will not be published. Required fields are marked *