• Sat. Jul 27th, 2024

भद्रपुरमा रथ यात्रा धुमधामसंग गर्न उत्साहपूर्ण तयारी

BySaptahik Samachar

११ भाद्र २०८०, सोमबार २०:४२ ११ भाद्र २०८०, सोमबार २०:४२ ११ भाद्र २०८०, सोमबार २०:४२

किरण भारतीको अध्यक्षतामा रथ यात्रा समिति पुनर्गठन/उपसमितिहरू गठन र कार्य विभाजन

भद्रपुर, ११ भदौ / विगत वर्षहरूमा जस्तै यस वर्ष पनि भद्रपुरमा श्रीकृष्ण जन्माष्टमी भव्य र उत्साहपूर्वक मनाइने भएको छ। यसका लागि विगत केही वर्षदेखि क्रियाशील समितिलाई पुनर्गठन गरी नयाँ समिति निर्माण गरिएको छ।

समितिका अध्यक्ष देवकुमार घिमिरेको अध्यक्षतामा नगरपालिकामा सोमबार बसेको वृहत् भेलाले किरण भारतीको अध्यक्षतामा समिति पुनर्गठन गरेको हो । 
नवगठित समितिको उपाध्यक्षमा सीता न्यौपाने, सचिवमा सञ्जय घोष, सहसचिवमा राजेश पकुवाल र कोषाध्यक्षमा भरत प्रधान रहनुभएको छ । त्यस्तै,शोभा दिदी , लीला घिमिरे, दुर्गा मण्डल, मेघु राय, भीमासिंह राजपूत, मानस घोष, राजु राई, किरण साह, गीता मेचे, गजेनसिंह राजपूत र सुशीला पकुवाल सदस्य हुनुहुन्छ भने   संघसंस्थातर्फ वडा प्रहरी कार्यालय भद्रपुर, राजनैतिक दलका नगर अध्यक्षहरू, झापा उद्योग संघ, झापा उद्योग वाणिज्य संघ, श्रीकृष्ण द्वैपायन गुरुकुल वेद विद्याश्रम, नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखा, रोटरी क्लब, लायन्स क्लब, मारवाडी सेवा समिति, भद्रपुर जेसीज, नेवा समाज कल्याण गुठी, भद्रपुरका सूचीकृत मन्दिर व्यवस्थापन समितिका अध्यक्षहरू पदेन सदस्य रहेका छन् ।
त्यस्तै, रथ यात्रालाई अझ प्रभावकारी र व्यवस्थित बनाउन सल्लाहकार समिति र विभिन्न उपसमितिहरू पनि गठन गरिएको छ।

सल्लाहकार समितिको संयोजकमा निवर्तमान अध्यक्ष देवकुमार घिमिरे तथा सदस्यहरूमा हेमप्रसाद खनाल, विष्णुप्रसाद काफ्ले, सुनिता सरिया, गोपाल गिरी र गोपालकृष्ण मैनालीलाई चयन गरिएको छ। 
नवगठित समितिले सोमवारनै स्थानीय मोहपाल धर्मशालामा वैठक बसेर आउँदो भदौ २० गते लक्ष्मीनारायण मन्दिरमा मनाइने श्रीकृष्ण जन्माष्टमी तथा भद्रपुर नगरमा परिक्रमा गराइने रथयात्राको आवश्यक तयारी र व्यवस्थापनका लागि विभिन्न उपसमितिहरू समेत गठन गरेको छ ।

जन्माष्टमी र रथयात्रालाई सभ्य र भव्य बनाउन जन्माष्टमी मन्दिर व्यवस्थापन, रथ तथा झाँकी सजावट, प्रसाद तथा भोजन र प्रचारप्रसार उपसमिति गठन गरिएको अध्यक्ष भारतीले जानकारी दिनुभयो । भेलामा रथयात्राका संरक्षक भद्रपुर नगरपालिकाका तर्फबाट नगर प्रमुख गणेश पोखरेल र उपप्रमुख राधा कार्कीको उपस्थिति रहेको थियो ।     

9 thoughts on “भद्रपुरमा रथ यात्रा धुमधामसंग गर्न उत्साहपूर्ण तयारी”
  1. You’re so awesome! I don’t believe I have read a single thing like that before. So great to find someone with some original thoughts on this topic. Really.. thank you for starting this up. This website is something that is needed on the internet, someone with a little originality!

  2. You’re so awesome! I don’t believe I have read a single thing like that before. So great to find someone with some original thoughts on this topic. Really.. thank you for starting this up. This website is something that is needed on the internet, someone with a little originality!

  3. You’re so awesome! I don’t believe I have read a single thing like that before. So great to find someone with some original thoughts on this topic. Really.. thank you for starting this up. This website is something that is needed on the internet, someone with a little originality!

Leave a Reply

Your email address will not be published. Required fields are marked *