• Sat. Jul 27th, 2024

भद्रपुरमा प्रमुखमा गणेश पोखरेल र उपप्रमुखमा राधा कार्की

BySaptahik Samachar

५ जेष्ठ २०७९, बिहीबार ०५:१६ ५ जेष्ठ २०७९, बिहीबार ०५:१६ ५ जेष्ठ २०७९, बिहीबार ०५:१६

भद्रपुर ५, जेठ/ स्थानीय तह निवार्चन २०७९ अन्तर्गत भद्रपुर नगरपालिकाको नगर प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार गणेश पोखरेल निर्वाचित हुनुभएको छ।वैशाख ३० गते भएको निर्वाचनमा १२ हजार ५ सय २५ मतका साथ नेपाली काँग्रेसका उम्मेदवार गणेश पोखरेल निर्वाचित हुनुभएको हो। प्रमुख पदमा नेकपा एमालेका उम्मेदवार असारु राजवंशी ९ हजार ७ सय ५९ मतका साथ पराजित हुनुभएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार नवराज पनेरुले ६ हजार ३ सय १० मत प्राप्त गर्नुभएको छ।

त्यसैगरी क्रमश: राष्ट्रिय जनमुक्ति पार्टीका यामबहादुर लिम्बूले ६ सय ८, जनता समाजवादी पार्टी-नेपालका  समरकुमार राईले ३ सय ६१, मंगोल नेशनल अर्गनाइजेसनका ईन्द्रकुमार सुहाङले ३ सय, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बिष्णु कर्माकारले ३४ र मौलिक जरोकिलो पार्टीका चूडामणि अधिकारीले ३१ मत प्राप्त गर्नु भएको छ।

त्यसैगरी, नगर उप-प्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी राधा कार्की ९ हजार २ सय ३० मत प्राप्त गरी विजयी हुनुभएको छ भने नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट गठबन्धनका उम्मेदवार शिव कुमार राजभण्‍डारीले ८ हजार ५ सय ३३ मत पाएर पराजित बन्नु परेको छ। उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)की कौशल्या अधिकारीले ८ हजार ४ सय ३, जनता समाजवादी पार्टी-नेपालकी नुतन झाले ४ सय ३०, राष्ट्रिय जनमुक्ति पार्टीकी मञ्जु वर्माले ३ सय ४१, मंगोल नेशनल अर्गनाइजेसनकी यमकुमारी लिम्बूले ३ सय ३६ र मौलिक जरोकिलो पार्टीकी कृष्ण देवी चुडाल ओलीले ३८ मत प्राप्त गर्नु भएको छ ।

अन्तिम गणना भएको भद्रपुर वडा नं १० मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का टेकवहादुर खड्काले १ हजार ४ सय ८० मत ल्याउँदै एमाले प्यानलनै विजयी भएको छ। त्यहाँ महिला सदस्य संगीता ढकालले १ हजार ४ सय ६४, दलित महिला सदस्य कमला आछामीले १ हजार ५ सय ३, तुलसी पोख्रेलले १ हजार ४ सय ८८ र दुर्गा प्रसाद दाहालले १ हजार ३ सय ४ मत प्राप्त गर्न सफल हुनु भयो ।

यस निर्वाचनका लागि ५१ हजार २ सय ६० जना कुल मतदाता रहेको भद्रपुर नगरपालिकामा ३४ हजार २८ मत खसेको छ ।

झापामा ६ लाख ४६ हजार २३४ जना मतदाता रहेका छन् । उनीहरुको लागि २ सय ८६ मतदानस्थल र ७ सय ५५ मतदान केन्द्र व्यवस्था गरिएको थियो यसैबीच झापामा ६५ प्रतिशत मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *