• Sat. Jul 27th, 2024

भद्रपुरमा तीन दलबीच गठबन्धन/प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी सहित वडाध्यक्षमा ६:३ :१

BySaptahik Samachar

१२ बैशाख २०७९, सोमबार ११:२८ १२ बैशाख २०७९, सोमबार ११:२८ १२ बैशाख २०७९, सोमबार ११:२८

भद्रपुर १२,वैशाख / लामो रस्साकस्सी पछि अन्ततः भद्रपुर नगरपालिकामा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा समाजवादी बीच चुनावी तालमेल भएको छ ।
काँग्रेसले नगर मेयरसहित ६ वडा अध्यक्ष, माओवादी केन्द्रले उपमेयरसहित ३ वडा अध्यक्ष र नेकपा समाजवादीले एक वडाअध्यक्ष लिने सहमतिपछि चुनावी तालमेल भएको हो । त्यस्तै सदस्यहरू कांग्रेसको भागमा २०, माओवादीलाई १४ र नेकपा समाजवादी पाटी (नेकपा एस) को भागमा ६ वटा परेको छ।
जनता समाजवादी पार्टीले वडा नम्बर ६ दाबी गरेको र काँग्रेसले नछाड्ने अडान लिएकोले जसपासँग तालमेलमा समस्या देखिएको स्रोतले बताइरहँदा अझै पनि जसपासँग अन्तिम छलफल जारी रहेको बैठकका सहभागी एक नेताले बताए । चुनावी तालमेलमा वडा पनि भागबन्डा गरिएको छ ।

१ नम्बरमा माओवादीले वडा अध्यक्षसहित दुई सदस्य र काँग्रेसले दुई लिने भएका छन् । २ नम्बरमा काँग्रेसले वडा अध्यक्षसहित एक सदस्य, माओवादीले दुई सदस्य र समाजवादीले एक सदस्य लिने भएका छन् । ३ नम्बरमा काँग्रेसले वडा अध्यक्षसहित दुई सदस्य, माओवादीले एक सदस्य र समाजवादीले एक सदस्य लिने भएका छन् । ४ नम्बरमा माओवादीले वडा अध्यक्षसहित दुई सदस्य र काँग्रेसले दुई सदस्य लिने भएका छन् ।

५ नम्बरमा काँग्रेसले वडा अध्यक्षसहित तीन सदस्य र माओवादीले एक सदस्य लिने भएका छन् । ६ नम्बरमा काँग्रेसले वडा अध्यक्षसहित दुई सदस्य र माओवादीले दुई सदस्य लिने भएका छन् । त्यस्तै ७ नम्बरमा माओवादीले वडा अध्यक्षसहित एक सदस्य, काँग्रेसले दुई सदस्य र समाजवादीले एक सदस्य लिने भएका छन् । ८ नम्बरमा काँग्रेसले वडा अध्यक्षसहित दुई सदस्य, माओवादीले एक सदस्य र समाजवादीले एक सदस्य लिने भएका छन् । ९ नम्बरमा समाजवादीले वडा अध्यक्षसहित एक सदस्य, काँग्रेसले दुई सदस्य र माओवादीले एक सदस्य लिने भएका छन् । १० नम्बरमा काँग्रेसले वडा अध्यक्षसहित दुई सदस्य, माओवादीले एक सदस्य र समाजवादीले एक सदस्य लिने भएका छन् ।
तीन दलीय गठबन्धनबीच भएको सहमतिमा काँग्रेसका तर्फबाट राम कँडेल, राजेन्द्र घिमिरे र मोहन महर्जन, माओवादीका तर्फबाट डिल्ली घिमिरे (हिक्मत) , पुकार राजवंशी, नरेश सन्जेल तथा समाजवादीका तर्फबाट दुर्गाप्रसाद भट्टराई र पदम सुब्बा सहभागी भएका थिए ।

One thought on “भद्रपुरमा तीन दलबीच गठबन्धन/प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी सहित वडाध्यक्षमा ६:३ :१”

Leave a Reply

Your email address will not be published. Required fields are marked *