• Sat. Mar 2nd, 2024

भद्रपुरमा आगलागी /निर्माणाधीन घर र परालको चाङमा क्षति

BySaptahik Samachar

७ पुष २०८०, शनिबार १९:२१ ७ पुष २०८०, शनिबार १९:२१ ७ पुष २०८०, शनिबार १९:२१

भद्रपुर ७, पुस / झापाको भद्रपुर – ८ सुकीर्ति नगरमा शनिबार दिउँसो वेल्डीङ गर्ने क्रममा आगलागी हुँदा निर्माणाधीन घर जलेको छ। आगलागीबाट १५ लाख रूपैयाँ बराबरको क्षति भएको घरधनीले जनाएका छन् ।
बिहान ११.५५ बजेको समयमा भद्रपुर ८ का चुडामणी उप्रेतीको घरको माथिल्लो तलामा पानीको ट्याङकी राख्नलाई फलामको रड वेल्डीङ गर्ने क्रममा आगलागी भएको हो । आगोको झिल्को SY प्यानलमा प्रयोग हुने ‘ पोलि उरेथना ‘ फोममा सल्किएर आगलागी हुँदा निर्माणाधीन SY प्यानलबाट बनेको २ वटा कोठा र टिनको छानो जलेर १५ लाख बराबरको क्षति भएको प्रहरीको अनुमान छ ।
आगो भद्रपुर नगरपालिकाको दमकल र स्थानीयबासीको सहयोगमा लगभग आधा घण्टाको प्रयासपछि नियन्त्रणमा आएको स्थानीयबासीले जनाएका छन् ।
यसैगरी शनिबार दिउँसो एकबजे नै भद्रपुरको ६ नं. वडास्थित भतिया बारीमा परालको जाकमा आगलागी भएको छ। खुश्वु टी इस्टेट नजिकै सोही उद्योगका मालिक जे पी शर्माको लगभग २० बिघा जमिनको पराल जलेको बताइएको छ।
परालमा लागेको आगो निभाउन भद्रपुर, मेची नगर र विर्तामोडका दमकल तथा स्थानीय समुदाय र प्रहरी जुटेका थिए।आगलागीबाट ३ लाख बढीको पराल जलेर नष्ट भएको स्थानीयले बताएका छन्।

15 thoughts on “भद्रपुरमा आगलागी /निर्माणाधीन घर र परालको चाङमा क्षति”

Leave a Reply

Your email address will not be published. Required fields are marked *