• Sat. Jul 27th, 2024

भद्रपुरबाट इलामको सलकपुर जोड्ने सडकमा कालोपत्रेको काम शुरू

BySaptahik Samachar

५ बैशाख २०८१, बुधबार १८:३५ ५ बैशाख २०८१, बुधबार १८:३५ ५ बैशाख २०८१, बुधबार १८:३५

भद्रपुर ५,बैशाख / भद्रपुरबाट इलामको सलकपुर जोड्ने सडक धमाधम कालोपत्र भइरहेको छ । उक्त सडकखण्ड अन्तर्गत पाँच किलोमिटर कालोपत्र भइसकेको छ ।

झापा जिल्ला पूर्वाधार विकास कार्यालयका इन्जिनियर कुलानन्द चौधरीका अनुसार हालसम्म सडकको भौतिक प्रगति ४० प्रतिशत भएको छ । प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयको मूल्य अभिवृद्धि कर (भ्याट)सहित रु.२६ करोड ६९ लाख ३३ हजार आठ सय २८ मा निर्माण कम्पनी कनकाई मोती जेभीले ठेक्का सकारेको हो ।

इन्जिनियर चौधरीले भद्रपुर–फडानी पुलबाट इँटाभट्टासम्मको १० किलोमिटर सडक निर्माणमा कुनै समस्या नभएको बताउनुभयो । दुई महिनाभित्रमा सडक निर्माण पूरा हुनेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो ।

इँटाभट्टा बजारबाट उत्तरतर्फको १० किलोमिटर खण्डमा भने स्थानीयको अवरोधका कारण काममा ढिलाइ भइरहेको उहाँले बताउनुभयो ।

21 thoughts on “भद्रपुरबाट इलामको सलकपुर जोड्ने सडकमा कालोपत्रेको काम शुरू”

Leave a Reply

Your email address will not be published. Required fields are marked *