• Sat. Jul 27th, 2024

भद्रपुरको शारदा स्कूलमा विश्राम घर उद्घाटन

BySaptahik Samachar

१२ जेष्ठ २०७९, बिहीबार १६:३४ १२ जेष्ठ २०७९, बिहीबार १६:३४ १२ जेष्ठ २०७९, बिहीबार १६:३४

भद्रपुर १२,जेठ /भद्रपुरको शारदा आधारभूत विद्यालयमा निर्माण गरिएको विश्राम घरको उद्घाटन गरिएको छ। भद्रपुर-६ संगम चोक निवासी स्व.दुर्गानारायण श्रेष्ठको स्मृतिमा उहाँका परिवारजनले विद्यालय परिसरमा निर्माण गरिदिएको विश्राम घरको विहीबार उद्घाटन भएको हो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रीता कामतीको अध्यक्षतामा विद्यालयमा भएको संक्षिप्त कार्यक्रममा स्व.श्रेष्ठकी धर्मपत्नी दाता विष्णुकुमारी श्रेष्ठ (विष्णु माता)-को वाहुलीबाट उद्घाटन गर्दै विश्राम घर विद्यालयलाई हस्तान्तरण गरिएको हो। सो विश्राम घर निर्माणमा २ लाख २२ हजार खर्च लागेको दाता निर्मला श्रेष्ठले जानकारी दिनुभयो।

सो अवसरमा शिक्षक श्रेष्ठले अभिभावकत्व ग्रहण गरेका सोही विद्यालयका ११ जना छात्रछात्रालाई शैक्षिक सामग्री पनि हस्तान्तरण गर्नुभयो।

कार्यक्रममा ६न.वडा अध्यक्ष रतिया राजवंशी, पूर्व वडाध्यक्ष प्रेमबहादुर वरूवाल, विद्यालयका प्रधानाध्यापक कोपिला दाहाल, पूर्व शिक्षक नारायण श्रेष्ठ र दाता परिवारका तर्फबाट विमला श्रेष्ठले मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा शिक्षक शिवशरण श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो भने संचालन शिक्षक लोकनाथ खतिवडाले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *