भद्रपुर जेसीजको सप्ताह कार्यक्रम अन्तर्गत त्यहाँको सन्थाल बस्तीलाई जेसीज भिलेजका रूपमा नमूना गाउँ बनाउन आज उद्घाटन गरिएको हो।
भद्रपुर जेसीजका अध्यक्ष जेसी खिलनाथ पाण्डे ‘निकास’को अध्यक्षता तथा भद्रपुर नगरपालिकाका नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ढेना बस्तीलाई अपनत्व ग्रहण गर्ने कार्य सम्पन्न भएको हो।
भद्रपुर १० मा रहेको आदिवासी समुदायको बसोवास रहेको ढेना बस्तीमा२७ घर र २०७ परिवार रहेका छन्। सो बस्तीका ३६ जना बालबालिकाहरू अहिले स्थानीय विद्यालयमा अध्ययनरत छन्।
बस्तीलाई जेसीज भिलेज (गाउँ) रुपमा अपनत्व ग्रहण गर्दै यहाँको जीवनस्तर उकास्न विभिन्न किसिमका कार्यक्रम सञ्चालन गर्ने, त्यहाँ रहेका सम्पूर्ण बालबालिकाहरुलाई नियमित विद्यालय जाने वातावरणको निर्माण गर्ने, महिलाहरुलाई लघु उद्यम व्यवसायहरुमा सहभागी गराई आत्म निर्भर बनाउने र उनीहरूलाई आत्मनिर्भर बनाउने जस्ता पवित्र उद्देश्यका साथ बस्तीलाई भद्रपुर जेसीजले जेसीज भिलेजको रुपमा अँगालेको भद्रपुर जेसीजका अध्यक्ष निकास पाण्डेले बताउनुभयो ।उहाँले भन्नुभयो – ‘यो हाम्रो ड्रिम प्रोजेक्ट हो, यसलाई सन्थाल समुदायको संस्कार संस्कृति झल्कने गरी विकास गरेर’ घले गाउँ ‘जसरी स्थापित गर्दै पर्यटक आकर्षणको केन्द्र बनाउने लक्ष्य छ।’
जेसीज भिलेज (गाउँ )-को अपनत्व ग्रहणसंगै शनिबार आज प्रथम चरणमा त्यहाँ रहेका ३६ जना बालबालिकाहरुलाई शैक्षिक सामग्रीहरू, हाउस ड्रेस(ट्राउजर) र स्कूल ब्याग प्रदान गरिएको छ । दश बर्षे महत्त्वाकाङ्क्षी यस योजनामा शैक्षिक सुधारका साथै स्वास्थ्य र सरसफाइका कार्यक्रमहरु निरन्तर सञ्चालन गरिने बताइएको छ। सो कार्यलाई भद्रपुर नगरपालिकाको पनि सहयोग रहने नगर प्रमुख श्रेष्ठले बताउनुभयो।
कार्यक्रम संयोजक भद्रपुर जेसीजका उपाध्यक्ष एकराज भट्टराईले स्वागत मन्तव्य र साता व्यापी कार्यक्रमका मूल संयोजक भद्रपुर जेसीजका कार्य कारी उपाध्यक्ष रमेश कार्कीले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा नगर प्रमुख श्रेष्ठ,
विशिष्ठ अतिथि नगर उपप्रमुख चन्द्रमाया श्रेष्ठ
अतिथिहरु, वडा नं १० का वडा अध्यक्ष काजी खड्का, नेकपा माओवादी केन्द्रका नगर सभापति शिव कुमार राजभण्डारी, चन्द्रगढी सामुदायिक वनका अध्यक्ष दुर्गाप्रसाद भट्टराई, नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाका सभापति गोपाल गिरी र भद्रपुर जेसीजका पूर्व अध्यक्ष लोकनाथ भट्टराईले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।कार्यक्रमको सञ्चालन भद्रपुर जेसीजका महासचिव मनोज भट्टराईले गर्नुभएको थियो।
Really wonderful information can be found on web site.!
Oh my goodness! Awesome article dude! Thanks, However I am experiencing troubles with your RSS. I don’t know why I cannot join it. Is there anyone else having the same RSS issues? Anyone who knows the answer will you kindly respond? Thanx!!
Hello! I simply would like to give you a huge thumbs up for your excellent info you have got right here on this post. I will be coming back to your website for more soon.
Spot on with this write-up, I actually believe this web site needs far more attention. I’ll probably be back again to see more, thanks for the info.
You’re so awesome! I don’t think I have read a single thing like this before. So great to find somebody with some genuine thoughts on this issue. Really.. thanks for starting this up. This web site is something that’s needed on the web, someone with some originality.