• Sat. Jul 27th, 2024

भद्रपुरको झाडीमा भेटिएको वेवारिसे शिशु हेर्ने वैकल्पिक जिम्मा विराटनगरका अग्रवाल दम्पतीलाई दिने भद्रपुर नगरपालिकाको निर्णय

BySaptahik Samachar

२ आश्विन २०८०, मंगलवार १७:३७ २ आश्विन २०८०, मंगलवार १७:३७ २ आश्विन २०८०, मंगलवार १७:३७

अग्रवाल दम्पतीलाई शिशु मङ्गलवार नै हस्तान्तरण

भद्रपुर,२ असोज / भद्रपुर नगरपालिकाको वडा नं.७ स्थित झाडीमा वेवारिसे अवस्थामा फेला पारिएको शिशु(छोरा) को वैकल्पिक हेरचाहको जिम्मा विराटनगर निवासी सुनित अग्रवाल दम्पतीले पाउने भएका छन्।
भद्रपुर नगर पालिकाको बाल अधिकार समितिको मङ्गलवार बसेको बैठकले सूचिकृत हुन आएका मध्ये छनौट भएका विराटनगर -१३ निवासी सुनित अग्रवाल /अङ्कित राठी( दम्पती) लाई सम्पर्क राख्न मङ्गलवार नै सूचना जारी गरेको हो। सूचनामा छनौटमा परेका दम्पतीलाई २४ घण्टाभित्रमा सम्पर्क राख्न आह्वान गरिएको छ।

बालकको वैकल्पिक हेरचाहका लागि सम्पर्क राख्न आउने बारेको भद्रपुर नगरपालिकाको सूचनामा प्राथमिकीकरणको क्रम संख्या १ मा छनौट भएका व्यक्तिले २४ घण्टा भित्रमा कार्यालयमा सम्पर्क नराखेमा वैकल्पिक सूचिमा रहेका भद्रपुर -१ का पर्शुराम लुइँटेल /ईश्वरादेवीको विमलीको निवेदन उपर कार्वाही अघि बढाइने पनि उल्लेख छ।
नगर उपप्रमुख तथा स्थानीय बाल अधिकार समिति संयोजक राधा कार्कीद्वारा भदौ २५ गते जारी गरेको ७ दिन भित्र वैकल्पिक हेरचाहका लागि सूचीकृत हुन आउने सूचना अवधिमा ५ जनाले सूचिकृत हुन आवेदन गरेको बताइएको छ।

भदौ १२ गते शिशुलाई वेवारिसे अवस्थामा छाडी अभिभावक बेपत्ता भए पछि नगरपालिकाले पहिलो पटक ७ दिने र दोस्रो पटक ३ दिने सूचना जारी गर्दै अभिभावकलाई हकदावीका लागि सूचना जारी गरेको थियो।हकदावीका लागि कोही पनि नआए पछि वैकल्पिक हेरचाहका लागि जारी गरिएको सूचना अनुसार प्राथमिकतामा अग्रवाल दम्पती छनोट भएको नगरपालिकाको सूचनामा जनाइएको छ।

यसैबीच अग्रवाल दम्पतीले शिशुलाई मंगलबार नै ग्रहण गरेको हस्तान्तरण कार्यालय नगरपालिकाको आधिकारिक फेसबुक पेजमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *