• Sat. Jul 27th, 2024

भद्रपुरका मेलमिलापकर्तालाई ६ दिने प्रशिक्षण प्रदान

BySaptahik Samachar

२१ बैशाख २०८१, शुक्रबार २०:५० २१ बैशाख २०८१, शुक्रबार २०:५० २१ बैशाख २०८१, शुक्रबार २०:५०

भद्रपुर २१,वैशाख / मेलमिलापकर्ताहरूका लागि भद्रपुरमा सञ्चालित क्षमता अभिवृद्धि सम्वन्धी छ दिने प्रशिक्षण समापन भएको छ। भद्रपुर १० नम्बर वडा कार्यालयको सभा हलमा जारी प्रशिक्षण आज सम्पन्न भएको हो।

भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य र न्यायिक समितिकी संयोजक तथा नगरपालिकाका उपप्रमुख राधा कार्कीको अध्यक्षतामा कार्यक्रम समापन भएको थियो।
बैशाख १६ गतेबाट सञ्चालन भएको प्रशिक्षणमा भद्रपुरका १० वटै वडाका सचिव तथा मेलमिलापकर्ता सदस्यहरूको सहभागिता थियो।
प्रशिक्षण समापनका अवसरमा प्रमुख अतिथि नगर प्रमुख पोखरेल र १० नम्बर वडा अध्यक्ष टेकबहादुर खड्का ‘काजी’ ले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने वडा नम्बर ५ का सचिव कल्पना आचार्य र वडा नम्बर १० का सचिव मनकुमार डाँगी तथा मेलमिलापकर्ता कुमारी भण्डारी र टेकमान लिम्बूले पनि आ-आफ्नो अनुभव शेयर गर्नुभएको थियो।

भद्रपुर नगरपालिकाको न्यायिक शाखाका कानून अधिकृत राजेन्द्र ढकालले सहजीकरण गरेको कार्यक्रममा न्यायिक समितिकी सदस्य मन्जु दाहाल,पोखरेलले स्वागत मन्तव्य राख्नुभएको थियो। भद्रपुर नगरपालिकाका कानुनी सल्लाहकार अधिवक्ता दीपेन्द्र भट्टराईले सो तालिममा प्रशिक्षण प्रदान गर्नुभएको थियो।

75 thoughts on “भद्रपुरका मेलमिलापकर्तालाई ६ दिने प्रशिक्षण प्रदान”
  1. My spouse and I absolutely love your blog and find nearly all of your post’s to be what precisely I’m looking for.
    Would you offer guest writers to write content
    for yourself? I wouldn’t mind writing a post or elaborating on a number of the
    subjects you write with regards to here. Again, awesome website!

  2. Oh my goodness! Amazing article dude! Many thanks, However I am having troubles with your RSS. I don’t know the reason why I am unable to join it. Is there anybody else having the same RSS issues? Anyone who knows the answer will you kindly respond? Thanx!

  3. After I initially left a comment I appear to have clicked on the -Notify me when new comments are added- checkbox and now each time a comment is added I receive four emails with the exact same comment. There has to be a way you can remove me from that service? Thank you.

Leave a Reply

Your email address will not be published. Required fields are marked *