• Sat. Jul 27th, 2024

भद्रपुरका अंकित सुवेदीको कप्तानीमा पिएम कपको लागि कोसी टिमको घोषणा

BySaptahik Samachar

२६ पुष २०८०, बिहीबार ०६:५५ २६ पुष २०८०, बिहीबार ०६:५५ २६ पुष २०८०, बिहीबार ०६:५५
   भद्रपुर २७,पुस / प्रधानमन्त्री (पिएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोसी प्रदेश टिमका लागि झापाबाट कप्तानसहित सर्वाधिक सात खेलाडी छानिएका छन् ।

कोसी टिममा झापाका सात खेलाडी

झापा भद्रपुरका अंकित सुवेदीको कप्तानीमा १८ सदस्यीय कोसी प्रदेश टिमको घोषणा हुँदा झन्डै आधा खेलाडी झापाका छन् ।
छनोट प्रतियोगितामा झापासहित मोरङ, सुनसरी, इलाम र उदयपुरले प्रतिस्पर्धा गरेका थिए । सुरेश गुरागाईंको संयोजकत्वमा मनोजकुमार मण्डल र सोमेसकुमार शाह सदस्य रहेको छनोट समितिले चार वैकल्पिकसहित १८ सदस्यीय टिम छनोट गरेको हो ।
बुधबार साँझ घोषणा गरिएको टिममा झापाबाट कप्तान सुवेदीसहित सुजन थपलिया, समिर कार्की, कमल खत्री, सौजन घिमिरे, अभ्यास तिम्सिना र वैकल्पिक खेलाडी भुपाल दंगाल रहेका छन् ।
मोरङबाट विकेटकिपर मिनस थापा, उपकप्तान फिर्दोस अन्सारी, वैकल्पिक खेलाडी सौगात भटराई रहेका छन् । सुनसरीबाट सोनु मण्डल, भुपाल लुइँटेल र सुमन गहतराज छनोट भएका छन् ।
उदयपुरबाट सोनु अन्सारी, आइस भट्टराई र वैकल्पिक खेलाडी दिपकराज जोशी छनोट भएका छन् । इलामबाट हेमन राई र वैकल्पिक खेलाडी आश्विन कामत रहेका छन् ।
पुस १९ गतेदेखि २५ गतेसम्म इटहरी र भोक्राहा नरसिंहमा भएको कोसी प्रदेश छनोट प्रतियोगितामा गरेको प्रदर्शनको आधारमा टिम छनोट गरिएको कोशी प्रादेशिक क्रिकेट संघले जनाएको छ ।
कोसी टिमको प्रशिक्षकको जिम्मेवारी पुष्प थापाले सम्हाल्ने छन् भने व्यवस्थापकमा सुरेश गुरागाईं र एनालिस्टमा विनित बास्तोला रहेको झापा जिल्ला क्रिकेट संघका अध्यक्ष प्रविन थापाले जानकारी दिए ।
सुवेदीको कप्तानीको टिमले पुस २८ गतेदेखि काठमाडौँ र भैरहवामा हुने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोसी प्रदेशको प्रतिनिधित्व गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *