• Sat. Jul 27th, 2024

बेलायतले नेपालबाट १० हजार कामदार लैजाने, तलब ४५ लाख /जाने होइन त बेलायत?

BySaptahik Samachar

९ पुष २०७८, शुक्रबार ०९:२९ ९ पुष २०७८, शुक्रबार ०९:२९ ९ पुष २०७८, शुक्रबार ०९:२९

काठमाडौं । बेलायतले १० हजार नेपाली नर्सहरु लैजाने इच्छा देखाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले १० हजार नेपाली नर्सहरु लैजाने इच्छा बेलायतले देखाएको जानकारी दिनुभएको हो।
प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा सांसदहरुलाई जानकारी दिंदै सचिव गौतमले बेलायत सरकारको मागअनुसार नेपाल सरकारले १० हजार नर्स रोजगारीका लागि पठाउने भएको बताउनुभयो ।

सचिव गौतमले सरकार–सरकार (जीटूजी) सम्झौतामार्फत नेपालबाट रोजगारीका लागि नर्स लैजाने विषयमा बेलायतसँग सम्झौताको तयारी भइरहेको बताए ।उनले कोभिडपछि बेलायतमा झन्डै एक लाख नर्सको माग भएकामा फिलिपिन्स, भारत र नेपालबाट नर्सिङ क्षेत्रमा आबद्ध भएका कामदार लाने तयारी भएको बताउनुभयो !
सचिव गौतमका अनुसार बेलायत सरकारले कुल १० हजार नर्स लाने इच्छा देखाएको छ । बेलायतले पहिलो चरणमा पाँच हजार नर्सलाई लाने र बिस्तारै थप गर्दै जाने प्रारम्भिक सहमति समेत गरेको सचिव गौतमले बताउनुभयो ।सचिव गौतमका अनुसार बेलायत जाने नर्सले वार्षिक २४ हजार पाउन्ड स्टर्लिङ अर्थात् झन्डै ४५ लाख रुपैयाँ तलब पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *