• Sat. Jul 27th, 2024

बिर्तामोडमा ‘मिस नेपाल–२०२४’ को क्षेत्रीय अडिसन

BySaptahik Samachar

२२ बैशाख २०८१, शनिबार १४:४६ २२ बैशाख २०८१, शनिबार १४:४६ २२ बैशाख २०८१, शनिबार १४:४६

भद्रपुर २२, वैशाख / शारीरिक सौन्दर्य र मानसिक विद्वता प्रदर्शन गर्ने चर्चित मञ्च ‘मिस नेपाल २०२४’ को क्षेत्रीय अडिसन पूर्वी भेगको मुख्य शहर बिर्तामोडमा बैशाख २३ गते हुने भएकाे छ।

आयोजक संस्था ‘द हिडन ट्रेजर’का निर्देशक गिरेन्द्रमान राजवंशीले यसपटक ३० औं संस्करणको मिस नेपालका लागि क्षेत्रीय अडिसन बिर्तामोडको होटल सिद्धार्थमा आयोजना गरिएको पत्रकारहरूलाई जानकारी दिनुभएको हो ।
बिर्तामोड अडिसनका कार्यक्रम संयोजक एवम् रोटरी क्लब अफ् बिर्तामोड मिडटाउनका चार्टर प्रेसिडेन्ट सन्तोष अग्रवालका अनुसार, मिस नेपालको ग्राण्ड फिनाले साउन १९ गते गोदावरीको सनराइज कन्भेन्सन सेन्टर, काठमाडौंमा हुनेछ ।
कक्षा १२ उत्तीर्ण गरेका, ५ फिट ३ इन्च उचाइ भएका र १८ देखि २७ वर्षसम्मका अविवाहित युवतीले प्रतियोगितामा भाग लिन सक्ने जनाइएको छ। मापदण्ड पुगेका इच्छुक प्रतियोगीले निःशुल्क आवेदन दिन सक्ने आयोजकले जानकारी दिएका छन् ।

पूर्वमा बिर्तामोडपछि इटहरीमा अडिसन हुने बताउँदै निर्देशक राजवंशीले देशका विभिन्न शहरमा प्रतियोगिताका लागि अडिसन सकिएपछि फाइनल अडिसन आगामी जेठ ५ गते काठमाडौंमा हुने र त्यसबाट छानिएका प्रतियोगीले उपाधिका लागि अन्तिम प्रतिस्पर्धा गर्नेछन् । कार्यक्रममा सन् २०२३ कि मिस नेपाल श्रीक्षा प्रधान, सन् २०१८ कि मिस नेपाल अर्थ प्रिया सिग्देल, रोटरी क्लब अफ् बिर्तामोड मिडटाउनका अध्यक्ष सिद्धार्थनवीन उप्रेतीले मन्तव्य राख्नुभएको थियो।

65 thoughts on “बिर्तामोडमा ‘मिस नेपाल–२०२४’ को क्षेत्रीय अडिसन”
  1. After going over a handful of the articles on your web site, I really like your technique of blogging. I saved as a favorite it to my bookmark webpage list and will be checking back soon. Please visit my web site as well and let me know your opinion.

  2. Nice post. I learn something totally new and challenging on sites I stumbleupon everyday. It’s always interesting to read through articles from other authors and use a little something from their web sites.

  3. You have made some really good points there. I checked on the internet to find out more about the issue and found most people will go along with your views on this website.

Leave a Reply

Your email address will not be published. Required fields are marked *