• Wed. Feb 28th, 2024

बाह्रदशीका आधारभूत तह उत्तीर्ण आठ छात्रछात्रा पुरस्कृत

BySaptahik Samachar

६ असार २०७९, सोमबार २०:५५ ६ असार २०७९, सोमबार २०:५५ ६ असार २०७९, सोमबार २०:५५

भद्रपुर ७,असार / आधारभूत तह उत्तीर्ण ८ जना छात्रछात्रालाई बाह्रदशीमा सोमबार आयोजित एक कार्यक्रममा नगद सहित पुरस्कृत गरिएको छ।
बाह्रदशी – ५ को घोडामारा आधारभूत बिद्यालयका कक्षा – ८ उत्तीर्ण उत्कृष्ट छात्रछात्रालाई सीता – भवानी अक्षय कोषबाट पुरस्कृत गरिएको हो।
शैक्षिक वर्ष २०७७ र २०७८ को सो पुरस्कार कक्षा -८ बाट उत्कृष्ट एक छात्र र एक छात्रा तथा सन्थाल / आदिवासी, पिछडिएको बर्गबाट उत्कृष्ट अङ्क ल्याउने एक छात्र र एक छात्रा गरी दुई वर्षको एकचोटि ८ जनालाई बितरण गरिएको कोषकी संस्थापक सदस्य धनकुमारी खरेल’लता’ ले जानकारी दिनुभयो।
कोभिडका कारण गतवर्ष स्थगित भएकाले यो पटक ८ जना छात्रछात्रा एकचोटि पुरस्कृत भएका हुन् – उहाँले भन्नुभयो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यामकुमार मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान समेत गरिएको थियो।
बाह्रदशी – ५ का नवनिर्वाचित वडाध्यक्ष वीरबहादुर सिंह राजवंशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सो वडाका निर्वाचित सदस्य, विद्यालयका पूर्व प्रअ, पूर्व पदाधिकारी र शिक्षक, अभिभावक तथा विद्यार्थीको उल्लेख्य उपस्थिति थियो।
बिद्यालयका प्रधान अध्यापक लालवहादुर सिंह राजवंशीले सञ्चालन गरेको कार्यक्रममा अक्षय कोष संस्थापक भवानीप्रसाद खरेल, सीतादेबी खरेल तथा अक्षय कोष सञ्चालक समितिका अध्यक्ष तुलसीराम खरेल लगायतले सहजीकरण गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *