• Sat. Jul 27th, 2024

बाल दिवसको अवसरमा मास्क र लुगा वितरण

BySaptahik Samachar

२९ भाद्र २०७८, मंगलवार १३:२६ २९ भाद्र २०७८, मंगलवार १३:२६ २९ भाद्र २०७८, मंगलवार १३:२६
    "सामान्य अवस्था वा कोभिड महामारीः बाल अधिकारको संरक्षण हामी सबैको जिम्मेवारी"नारा अनुसार नै भद्रपुरमा आज नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले वाल वालिकालाई मास्क र लुगा वितरण गरेको छ।

राष्ट्रिय वाल दिवस २०७८ को उपलक्ष्यमा भद्रपुर उपशाखाले वाल सन्जाल ७ नं. वडा समितिको संयोजनमा सोही वडाको वोक्तोवारी बाल टोलका विपन्न समुदायका बालबालिकालाई मास्क र तयारी कपडा वितरण गरेको हो।
भद्रपुर नगरपालिकाका उपप्रमुख चन्द्रमाया श्रेष्ठको प्रमुख आतिथ्य र बोक्तोबारी बाल टोलका अध्यक्ष उत्तम राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा ७ नं.वडा अध्यक्ष विनोदप्रसाद पोखरेल, नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाका सभापति गोपाल गिरी र बालबालिका तथा शिक्षा संचार मन्चका झापा अध्यक्ष सरोज पौडेलले आजको दिनको महत्व वारे चर्चा गर्नुभएको थियो।
७ नं.वडा बाल सन्जालका अध्यक्ष भावना पोखरेलको पहलमा भद्रपुर रेडक्रसले ३२ बालबालिकालाई तयारी कपडा उपलब्ध गराएको हो।

One thought on “बाल दिवसको अवसरमा मास्क र लुगा वितरण”

Leave a Reply

Your email address will not be published. Required fields are marked *