• Sat. Jul 27th, 2024

बालिका विद्यालयको ६६ औं वार्षिकोत्सव सम्पन्न

BySaptahik Samachar

२० बैशाख २०८१, बिहीबार २०:१७ २० बैशाख २०८१, बिहीबार २०:१७ २० बैशाख २०८१, बिहीबार २०:१७

भद्रपुर, २० वैशाख / सम्मान र पुरस्कार वितरण गर्दै झापा भद्रपुरको शारदा आधारभूत विद्यालयले वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ। २०१५ सालमा स्थापना भएर २०२८ सालसम्म हाईस्कूल संचालन भएको झापाको बालिका विद्यालयका रूपमा परिचित भद्रपुर – ६ मा रहेको सो विद्यालयमा हाल आधारभूत तहको पढाइ हुने गरेको छ। भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयन्ती मानीको अध्यक्षतामा विहीबार ६६ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो।

विद्यालयमा आयोजित कार्यक्रममा विद्यालयका दाता समाजसेवीहरू र शिक्षक १० जना तथा उत्कृष्ट विद्यार्थीलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो
त्यसरी सम्मानित हुने समाजसेवीहरूमा गंगाप्रसाद ओली, गीता श्रेष्ठ, बलराम साहु , टोपराज खतिवडा, श्याम सरावगी, सत्यनारायण तायल,राधा कार्की, घनेन्द्र शर्मा र मन्जु साहेवाला हुनुहुन्छ भने एक जना शिक्षक तेजकुमार भण्डारी पनि सम्मानित हुनुभएको विद्यालयले जनाएको छ।
कार्यक्रममा नगर प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, वडाध्यक्ष रतिया राजवंशी, कार्यपालिका सदस्य सन्ध्या हाडा, वीरेन्द्र मावि., अरनिको मावि.र पशुपति प्रा.वि.का प्रअ.हरू क्रमश: खिलनाथ कोइराला, पुरूषोत्तम खरेल र लक्ष्मीप्रसाद ढकाल, सम्मानित व्यक्तित्व गंगाप्रसाद ओली लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो
प्रधान अध्यापक कोपिला दाहालले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा शैक्षिक वर्ष २०८० मा उत्कृष्ट हुने विद्यार्थीलाई स्व. ओमप्रकाश गोयलको स्मृतिमा स्थापित छात्रवृत्तिहरू वितरण गरिएको थियो।
शिक्षक लोकनाथ खतिवडाले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य शिक्षक गोविन्द विश्वकर्माले राख्नुभएको थियो भने विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए।

69 thoughts on “बालिका विद्यालयको ६६ औं वार्षिकोत्सव सम्पन्न”

Leave a Reply

Your email address will not be published. Required fields are marked *