• Sat. Jul 27th, 2024

बस पार्क व्यवस्थित गर्न स्थानीयको चासो

BySaptahik Samachar

२७ जेष्ठ २०७९, शुक्रबार १८:३५ २७ जेष्ठ २०७९, शुक्रबार १८:३५ २७ जेष्ठ २०७९, शुक्रबार १८:३५


भद्रपुर २७, जेठ / भद्रपुरको एक मात्र बसपार्कलाई व्यवस्थित बनाउन स्थानीयले चासो देखाएर बसपार्क व्यवस्थापन समिति गठन गरेका छन् । नगरपालिकाले सहयोग जुटाएर निर्माण गरेको भद्रपुर ५ स्थित बस पार्क अव्यवस्थित तथा जीर्ण बन्दै गइरहेकोले स्वच्छ र व्यवस्थित बनाउन शुक्रबार बसेको एक वृहत् भेलाले रमेश श्रेष्ठको अध्यक्षतामा व्यवस्थापन समिति गठन गरेको हो ।
भद्रपुर बसपार्कको भौतिक संरचना तथा व्यवस्थापनको समस्या समाधानका लागि गठन गरिएको सर्वसम्मत समितिको उपाध्यक्षद्वयमा वासु वन र रूपमणि पोखरेल (मनिका) तथा सचिवमा कुमार अनुरागी, सहसचिवमा सुसन लिम्बू र कोषाध्यक्षमा सुरज मेचे रहेका छन् । त्यस्तै, सदस्यहरूमा जोसेप श्रेष्ठ, राजन अधिकारी, इन्ताज शेख, रुपा रानामगर, कमला विक, समीक्षा लिम्बू (कोपिला), बुध्दीकुमार राई, राम ठटाल र कैलाश तामाङ रहेका छन् । त्यस्तै, सल्लाहकार समितिको संयोजकमा ५ नम्बर वडा अध्यक्ष बन्धु कार्की र सदस्यहरूमा अनिलाल मेचे, फत्तेचन्द्र श्रेष्ठ, डिल्ली रुचाल, उत्तम श्रेष्ठ, खेमराज राई, पुण्यप्रसाद रिजाल, कुमारी श्रेष्ठ र दिलकुमारी लिम्बू रहेको जनाइएको छ।
भेलामा वडा अध्यक्ष बन्धु कार्की, नगरपालिकाका कार्यपालिका सदस्य विवेक राजवंशी लगायत बुद्धिजीवी, समाजसेवी, नागरिक समाज लगायतको उपस्थिति रहेको थियो । भद्रपुर नगरपालिकाको १ करोड ५५ लाख रुपैयाँ बढी लागतमा बसपार्क बनेको हो । नगरपालिकाले संरक्षण नगर्दा बसपार्क अव्यवस्थित तथा जीर्ण बन्दै गएपछि स्थानीयले त्यसप्रति चासो देखाइएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *