• Sat. Jul 27th, 2024

बक्सिङ खेलाडी राईलाई भद्रपुरबाट शुभकामना सहित बिदाइ

BySaptahik Samachar

६ श्रावण २०७८, बुधबार १६:५४ ६ श्रावण २०७८, बुधबार १६:५४ ६ श्रावण २०७८, बुधबार १६:५४

भद्रपुर ६,साउन /साप्ताहिक समाचारदाता /एशिएन युथ बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन जाने खेलाडी नरिका राईलाई भद्रपुरबाट बिदाइ गरिएको छ। दुवईमा आगामी अगस्त १७ देखि २० तारिखसम्म हुने च्याम्पियनसिपमा सहभागी हुने खेलाडी नरिकालाई भद्रपुर नगरपालिकाको ८नं.वडा अध्यक्ष गौरव सुव्वा सहितको टोलीले बिदाइ गरेको हो।

प्रतियोगितामा नरिकाले ५७ केजी वेन्टम वेटमा सहभागिता जनाउनेछिन्। भद्रपुरको ८ नं. वडा कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रममा बिदाइ हुनु भएकी नरिकाले राजधानी काठमाडौंमा केही दिन क्लोज क्याम्पमा रहने बक्सिङ कोच डम्बर लिम्बूले जानकारी दिनुभयो। नरिका भद्रपुर ९ नं.वडा निवासी हुन्।

जिल्ला स्तरीय बक्सिङ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेपछि जुनियर युथमा छनोट भएकी नरिकाको बिदाइमा पूर्व बक्सिङ खेलाडीहरू भरत गुरुङ, कुमार राया, बक्सिङ कोच डम्बर लिम्बू लगायत हुनुहुन्थ्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *