• Sat. Jul 27th, 2024

फूटबल प्रशिक्षक अलमुताइरी झापा आउने

BySaptahik Samachar

२९ फाल्गुन २०७८, आईतवार १२:१२ २९ फाल्गुन २०७८, आईतवार १२:१२ २९ फाल्गुन २०७८, आईतवार १२:१२
   भद्रपुर २९,फागुन/ नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी झापा गोल्ड कपको फाइनलमा झापा आउने भएका छन् ।
अलमुताइरी भोलि फागुन ३० गते डोमालाल राजवंशी रंगशाला विर्तामोडमा हुने फाइनल खेल हेर्न उपस्थित हुने पक्का भएको हो । उनले झापा आउनेबारे आफ्नो फेसबुक स्टाटसमा समेत उल्लेख गरेका छन् ।

प्रतियोगितालाई थप उत्साह प्रदान गर्न उहाँलाई झापा बोलाइएको झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिनुभयो । उहाँको खेल अवधिभर मैदानमा रहने कार्यक्रम रहेको आयोजकले जनाएका छन् ।
कुवेतका प्रो लाइसेन्स प्राप्त प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएपछि नेपालले पहिलोपटक साफ च्याम्पियनसिप फुटबलको फाइनल खेलेको थियो ।
एएफसी कोचिङ इन्स्ट्रक्टर समेत रहेका अब्दुल्लाह नेपाली टिमका हालसम्मका सफल प्रशिक्षक हुन् । उनले नेपाललाई थ्री नेसन्स कपको उपाधि समेत दिलाएका थिए ।
कतार फुटबल एसोसियसनको सहयोगमा अब्दुल्लाह गत चैत ६ गते नेपाल आएका थिए । कुवेती प्रशिक्षक अब्दुल्लाह अनुभवी प्रशिक्षक हुन् । उनले कतारको अल शाहनी फुटबल क्लब यु–२३ र किर्गिस्तान यु–१७ टिमसँग काम गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *