• Wed. Feb 28th, 2024

फलफूल वितरण गरेर मनाइयो भन्सार दिवस

BySaptahik Samachar

११ माघ २०८०, बिहीबार १४:५३ ११ माघ २०८०, बिहीबार १४:५३ ११ माघ २०८०, बिहीबार १४:५३

भद्रपुर, ११ माघ / झापाको भद्रपुरमा जिल्ला कार्यालय रहेको झापा उद्योग संघले भद्रपुर भन्सारसँगको समन्वयमा बिहीबार प्रादेशिक अस्पताल, भद्रपुरका विरामीहरुलाई फलफूल वितरण गरेको छ ।
संघले सामाजिक उत्तरदायित्व अन्तर्गत ७२ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर प्रादेशिक अस्पताल भद्रपुरमा भर्ना भई उपचाररत ८० जना बिरामीलाई स्याउ, सुन्तला सहितको फलफूलको प्याकेट वितरण गरेको हो ।


अस्पतालको इमरर्जेन्सी, सर्जिकल वार्ड, मेडिकल वार्ड र प्रसुती वार्डमा उपचाररत विरामीलाई फलफूल वितरण गरिएको झापा उद्योग संघका उपाध्यक्ष दिपेश ढकालले जानकारी दिनुभयो।
फलफूल वितरणअघि अस्पताल परिसरमा संक्षिप्त कार्यक्रम गरिएको थियो । उपाध्यक्ष ढकालकै अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि भद्रपुर भन्सारका प्रमुख अमित तिवारी, प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट रामबाबु खड्कालगायतले उद्योगी–व्यवसायीहरुको संगठन उद्योग–व्यवसाय क्षेत्रमा मात्र केन्द्रित नभएर सामाजिक सेवाकार्यमा पनि उत्तिकै जिम्मेवार रहनुपर्ने औंल्याउँदै उद्योग संघले निर्वाह गरेको सामाजिक उत्तरदायित्वको प्रशंसा गरेका थिए ।


संघका पूर्व सचिव, उद्योगी नितेश वर्मा, संघका सदस्य एवम् अग्रज निर्माण व्यवसायी केदार गिरी, भद्रपुरका सामाजिक व्यक्तित्व तथा व्यवसायी तोयानाथ गड्तौलालगायत फलफूल वितरण कार्यमा सहभागी रहेको संघका प्रेस सल्लाहकार गोपाल गिरीले जानकारी दिनुभयो ।

One thought on “फलफूल वितरण गरेर मनाइयो भन्सार दिवस”

Leave a Reply

Your email address will not be published. Required fields are marked *