• Sat. Jul 27th, 2024

प्रदेश एक स्तरीय आप्रवासी हकहित संरक्षण सञ्जाल गठन

BySaptahik Samachar

७ बैशाख २०७९, बुधबार २०:१५ ७ बैशाख २०७९, बुधबार २०:१५ ७ बैशाख २०७९, बुधबार २०:१५

भद्रपुर ७, वैशाख / आप्रवासीको हकहितका लागि सुरक्षित आप्रवासन परियोजना (सामी) सञ्चालन भइरहेका प्रदेश १ का ८ जिल्लाका जिल्लास्तरीय प्रतिनिधिहरूको भेलाले प्रदेश एक स्तरीय आप्रवासी हकहित संरक्षण सञ्जाल तदर्थ समिति गठन गरेको छ । बैशाख ५ र ६ गते सम्पन्न भेलाले झापाका लेखनाथ खतिवडाको अध्यक्षतामा २१ सदस्यीय सञ्जाल गठन गरेको हो।
हाललाई १५ जना सदस्य टुंगो लागेको सञ्जालको समितिको उपाध्यक्षमा मोरङका सन्तोष लिम्बू र उदयपुरकी शर्मिला थापा, महासचिवमा उदयपुरका राजकुमार घिमिरे, सचिवमा पाँचथरका भगवत राई, कोषाध्यक्षमा सुनसरीकी सुनिता मेहता र सदस्यमा मनमाया निरौला, सबिना श्रेष्ठ, संगिता खड्का, फुलमाया श्रेष्ठ, प्रेम श्रेष्ठ, सोनाम लामा, दिपेन्द्र यादव र जिज्ञासा तामाङ रहेका छन् ।
बाँकी रहेको सदस्य पदमा धनकुटा, ओखलढुंगा, संखुवासभा, तेह्रथुम, ताप्लेजुङ र सोलुखुम्बु जिल्लाबाट १/१ जना थप गरी ६ महिनाभित्रमा अधिवेशन गर्ने भेलाले निर्णय गरेको छ ।
सो भेलामा नेपालका सन्दर्भमा वैदेशिक रोजगार, यसमा रहेका सकारात्मक तथा नकारात्मक पक्षहरू, वैदेशिक रोजगारीसँग सम्बन्धित विद्यमान ऐन, कानुन तथा तिनको कार्यान्वयनको स्थिति लगायतका विषयमा हेल्भेटास नेपालको तर्फबाट सामी परियोजनाका तालिम संयोजक सनत सापकोटा, सामी परियोजना प्रदेश संयोजक कोपिला दाहाल, परियोजनाका कार्यक्रम अधिकृतहरू रामकुमार कर्ण, उमा पौडेल तथा देवनारायण चौधरीले प्रकाश पारेको सामी परियोजनाको सहजीकरण गरिरहेको संस्था विराट सामुदायिक अध्ययन केन्द्रका कार्यक्रम संयोजक फणिन्द्र दाहालले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *