• Sat. Jul 27th, 2024

पृथ्वी आधारभूतलाई सिद्धार्थद्वारा ५० हजार प्रदान

BySaptahik Samachar

११ भाद्र २०८०, सोमबार १५:३५ ११ भाद्र २०८०, सोमबार १५:३५ ११ भाद्र २०८०, सोमबार १५:३५

भद्रपुर ११,भदौ / झापा भद्रपुर – ८ को पृथ्वी आधारभूत विद्यालयलाई सिद्धार्थ बैंकले ५० हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ। बिद्यालयमा सोमवार आयोजित एक कार्यक्रममा बैंकको विर्तामोड कार्यालयका क्षेत्रीय प्रवन्धक सुवास श्रेष्ठ र भद्रपुर शाखा प्रमुख सञ्जय मिश्रले विद्यालयलाई चेक हस्तान्तरण गर्नुभएको हो ।

सामाजिक उत्तरदायित्व अन्तरगत बैंकले विद्यालयलाई डेक्स बेन्च निर्माण गर्न चेक-रकम उपलब्ध गराएको जनाइएको छ ।
चेक हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि ८ नम्वर वडाध्यक्ष गौरव सुब्बा”मनोज”, प्रदेश प्रवन्धक सुवास श्रेष्ठ,वडा सदस्य भगवती बस्नेत, प्रअ.रमा गौतम,भद्रपुर माविका पूर्व प्रअ. बद्रीनारायण शर्मा,नागरिक एफएमका समाचार सम्पादक गोपाल गिरी, लायन्स क्लब अफ भद्रपुरका अध्यक्ष शर्मिला अधिकारीले शुभकामना मन्तव्य राख्नुभएको थियो।

विद्यालयका शिक्षक मोहन बेडारीले सञ्चालन गरेको कार्यक्रमको सभापतित्व बिद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष घनेन्द्र शर्माले गर्नुभएको थियो।

3 thoughts on “पृथ्वी आधारभूतलाई सिद्धार्थद्वारा ५० हजार प्रदान”
  1. I strongly recommend stay away from this platform. My own encounter with it has been nothing but disappointment as well as concerns regarding fraudulent activities. Exercise extreme caution, or even better, seek out an honest service for your needs.

  2. I strongly recommend steer clear of this site. The experience I had with it was purely dismay as well as doubts about deceptive behavior. Be extremely cautious, or alternatively, find a more reputable platform to meet your needs.

Leave a Reply

Your email address will not be published. Required fields are marked *