
झापा १७, फागुन / सीमा स्तम्भहरू हराउँदा र बेलैमा अनुगमन तथा मर्मत सम्भार नहुँदा नेपाली भूमि अतिक्रमणको जोखिममा परेको घटना पूर्वी झापामा पनि देखिएको छ। नेपाल-भारतको सिमाना छुट्याउन राखिएको सीमा स्तम्भको वैज्ञानिक निरीक्षण तथा समयमै मर्मत सम्भार नहुँदा झापाको मेचीनगर क्षेत्रमा मात्रै ७३ वटा सीमा स्तम्भ हराएका छन्।
मेची नगरपालिकाले भारतसँग सीमा जोडिएको नगर क्षेत्रको स्थलगत अनुगमन र सीमा स्तम्भको जानकारी लिंदा सीमा स्तम्भ हराएको पाइएको हो।
नगर प्रमुख विमल आचार्य, उपप्रमुख मिना पोखरेल उप्रेती सहित जनप्रतिनिधि, सुरक्षाकर्मी र सञ्चारकर्मीको टोलीले नेपाल भारत सीमाको लगभग 32 दशमलव 5 किलोमिटर क्षेत्रफलको स्थलगत अनुगमन गरेको थियो।
सुदूर पूर्वको भारतीय नाकासंग सीमा जोडिएको मेची नगरपालिकाको सीमाको अवस्था बुझ्न अनुगमन गरिएको नगर प्रमुख आचार्यले बताउनुभयो।
मेची नदीले नेपाल भारतको सीमा छुट्याए पनि वैज्ञानिक नाप जाँच पछि गाडेका सीमा स्तम्भहरू ठाउँमा नभेटिएको र भएका पनि मुख्य र सहायक गरी १ सय ४८ वटा जीर्ण र ७३ वटा सीमा स्तम्भ गायब भएको अनुगमन टोलीले जनाएको हो।
Rejestracja w Mostbet zajmuje tylko chwilę, a bonusy czekają od razu | Dzięki bonusowi powitalnemu w Mostbet zaczniesz grę z przewagą | Mostbet rejestracja to pierwszy krok do emocjonującej rozgrywki Mostbet logowanie kasyno