• Wed. Feb 28th, 2024

पुलिस क्लब दमक गोल्डकपको फाइनलमा/मनाङसंग उपाधि भिडन्त हुने

BySaptahik Samachar

१६ चैत्र २०७८, बुधबार २१:२३ १६ चैत्र २०७८, बुधबार २१:२३ १६ चैत्र २०७८, बुधबार २१:२३

 भद्रपुर,१६ चैत / नेपाल पुलिस क्लब दमकमा जारी दमक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । गोर्खा ब्वाइज रुपन्देहीलाई १–० गोल अन्तरले पराजित गर्दै पुलिस क्लब फाइनलमा प्रवेश गरेको हो ।

खेलको ५९ औँ मिनेटमा नीरकुमार राईले डि–एरियाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । उनको यही गोल निर्णायक बन्यो । निकै प्रतिस्पर्धात्मक खेलमा गोर्खा ब्वाइजले गोल गर्ने निकै प्रयास ग¥यो । तर, सफल हुन सकेन । जीतसँगै पुलिसले शुक्रबार उपाधिका लागि मनाङ मस्र्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
बुधवारको खेलको म्यान अफ दि म्याच नीरकुमार राई भए । उनले नगद दश हजार प्राप्त गरे । दमक नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा चार विदेशी टोलीसहित दश टोलीको सहभागिता छ।


प्रतियोगिताको विजेताले १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख ११ हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल दिइने दमक खेलकुद विकास समितिका अध्यक्ष भीमराज चम्लागाईले जानकारी दिए । सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र फरवार्डले जनही नगद २१ हजार प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *