• Thu. Feb 12th, 2026

परिवार नियोजनको अर्को भरपर्दो साधन “सायना प्रेस” अव झापामा पनि

BySaptahik Samachar

१६ पुष २०७९, शनिबार ०८:४० १६ पुष २०७९, शनिबार ०८:४० १६ पुष २०७९, शनिबार ०८:४०

भद्रपुर / परिवार नियोजनको अस्थायी साधनका रुपमा नेपालमा अर्को नयाँ साधन ‘सायना प्रेस’ आएको छ । महिलाहरूको लागि प्रयोगमा ल्याइएको सायना प्रेस नामक तीन महिने सुईको सेवा झापामा पनि सुरु गरिने भएको हो । नेपाल परिवार नियोजन संघ झापाको परिवार स्वास्थ्य क्लिनिक चारआलीमा पत्रकारहरुलाई यसको उपयोगिता र प्रयोगबारे जानकारी दिदै परिवार नियोजन संघ झापा चन्द्रगढीकी बरिष्ट शाखा प्रमुख सुजन काफ्लेले हरेक तीन महिनामा लगाउनुपर्ने यो साधन सायना प्रेसलाई सानो सुइको माध्यमबाटै पेट, पाखुरा वा तिघ्राको बोसो जमेको भागमा लगाउन सकिने बताउनुभयो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुमति र बेलायत सरकारको आर्थिक सहयोगमा आईपास र मेरि स्टोप्स् अन्तर्राष्ट्रियको सहकार्यमा नेपालमा यसको परीक्षण भइसकेको छ । यसअघि सिन्धुली र नवलपरासी जिल्लामा परीक्षण गरी ललितपुर, कैलाली, रूकुम, मोरङ, पर्सा जिल्लामा प्रयोगमा आइसकेको सायना प्रेसको सेवा अव झापामा पनि सुरु हुने काफ्लेले जानकारी दिनुभयो । माघ महिनादेखि शाखाले सायना प्रेस प्रयोगको सुविधा निःशुल्क उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो ।

क-कस्ले लगाउने र कसले नलगाउने?

यो सुई गर्भवति नभएकी प्रजनन उमेरकी महिला, भर्खरै गर्भपतन भएकी महिला, स्तनपान गराई रहेकी महिला, नव विवाहित महिला, एचआईभी संक्रमित वा एड्स भएको वा एन्टी रेट्रो भाईरल औषधि सेवन गरिरहेका महिलाका लागि उपयुक्त हुने कार्यक्रममा जानकारी दिइएको छ ।यो साधनलाई फ्रिजको प्रयोग नगरी भण्डारण गर्न सकिन्छ ।
तर, स्तन क्यान्सर भएकी महिला, महिनावारीमा धेरै रगत बग्ने समस्या भएका, यौन सम्पर्क गर्दा अत्याधिक रगत बग्ने समस्या भएका महिला, कलेजो सम्बन्धि र हड्डी खिइने समस्या भएका महिलाले यो सुई प्रयोग गर्न हुँदैन । सायना प्रेस विश्वका ४० भन्दा बढी देशले प्रयोग गरिरहेका छन् । युरोपलगायतका १७ देशका सम्बन्धित निकायहरूले सायना प्रेसलाई आफैंले लगाउन मिल्ने सुईका रूपमा अनुमति प्रदान गरेको कार्यक्रममा जानकारी दिइएको थियो ।

विश्वका अन्य देशमा प्रयोगमा आइसकेको यो सायना प्रेसबारे महिलालाई प्रभावकारी परामर्श र तालिम दिन सकेमा आफैं लगाउन सकिने बताइएको छ ।
एक पटक लगाएपछि तीन महिना गर्भ रहन रोक्ने यो सुई महिनावारी भएको ७ दिनभित्र अथवा महिलाले गर्भवती नभएको जुनसुकै समयमा तालिम प्राप्त स्वास्थ्यकर्मीबाट लगाउन सकिनेछ- सहजकर्ता प्रकृति बाँस्तोला गिरीले जानकारी दिदै भन्नुभयो ‘यो साधनको प्रयोगले महिनावारीका समयमा हुने दुखाइ कम गर्ने, स्तनपान गराइरहेकी महिलाले पनि प्रयोग गर्न मिल्ने, इस्ट्रोजेन नामक हर्माेन भएको वा इस्ट्रोजेन र प्रोटेष्टोरोन भएका महिलाले पनि प्रयोग गर्न मिल्ने र सुई लगाउन छाडेको केहि समय अर्थात् १० देखि १२ महिनाभित्र पुनः गर्भवती हुन सकिने उहाँको भनाई छ ।

देखिन सक्ने केही लक्षणहरू

सायना प्रेस सुई प्रयोग गरेको केहि महिनासम्म महिनावारी अनियमित हुन सक्ने वा अरूबेला पनि छिटफुट रगत बग्ने, केही महिलाको तौल घटबढ हुन सक्ने र कसैकसैलाई डण्डिफोर आउने, टाउको दुख्ने मनस्थिति परिवर्तन हुने जस्ता सामान्य असर देखिन सक्ने बताइएको छ ।
सायना प्रेस परिवार नियोजनका लागि मांसपेशीमा लगाइने सुई डिपो प्रोभेरा जस्तै हो तर यसमा औषधिको मात्रा ३० प्रतिशत कम हुन्छ । छालाको मुनि पर्ने गरी एकपटक मात्रै प्रयोग गर्न मिल्ने सुईको प्रयोग गरेर छोटो सुइरोको माध्यमले लगाइन्छ जसले गर्दा दुखाइ र असहजता कम हुन्छ – सहजकर्ता गिरीले स्पष्ट पार्नुभयो।
विश्वका अन्य देशमा सायना प्रेसलाई आफैंले लगाउन मिल्ने सुईका रुपमा प्रयोग गरिएकाे छ । तर नेपालमा भने सुई आफैं लगाउन अनुमति नदिइएकाे शाखा प्रमुख काफ्लेले बताउनुभयाे । यसको प्रभावकारिता ९९ प्रतिशत रहेको समेत उहाँले बताउनुभएकाे छ ।

79 thoughts on “परिवार नियोजनको अर्को भरपर्दो साधन “सायना प्रेस” अव झापामा पनि”
  1. Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

  2. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

Leave a Reply

Your email address will not be published. Required fields are marked *