• Sat. Jul 27th, 2024

पत्रकार महासंघका पदाधिकारी उपस्थित कार्यक्रम चौतारीद्वारा वहिस्कार

BySaptahik Samachar

३० आश्विन २०८०, मंगलवार ०९:४२ ३० आश्विन २०८०, मंगलवार ०९:४२ ३० आश्विन २०८०, मंगलवार ०९:४२

दमकमा पत्रकारको कार्यक्रम पत्रकारबाटै वहिस्कार

दमक/नेपाल पत्रकार महासंघ झापाका पदाधिकारी उपस्थित कार्यक्रम पत्रकारहरुले नै बहिष्कार गरेका छन् ।

दमकमा पुर्व सन्देश दैनिकले आइतबार आयोजना गरेको दसैं शुभकामना कार्यक्रम प्रेस चौतारी सम्बद्ध पत्रकारहरुले बहिष्कार गरेका हुन् ।

पत्रकार महासंको सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणमा झापा शाखाले भेदभाव र राजनीति गरेको भन्दै प्रेस चौतारीले पत्रकार महासंघ झापा शाखाका पदाधिकारी उपस्थित कुनै पनि कार्यक्रममा आफ्नो सहभागिता नजनाउने पहिलेनै निर्णय गरेबमोजिम उक्त कार्यक्रम बहिष्कार गरेको प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालको भनाइ आएको छ।

पुर्व सन्देश दैनिकका प्रधान सम्पादक गन्जबहादुर दाहालले झुक्याएर आफुहरुलाई कार्यक्रममा सामेल गराएको पनि अध्यक्ष गदालको आरोप छ। कार्यक्रममा पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी र सचिव डिकेस लामाको उपस्थिति रहेको थियो ।
कार्यक्रम सुरु हुन लाग्दा आफ्नो परिचय दिदैं प्रेस चौतारी आबद्ध पत्रकारहरु बाहिरिएको समाचारमा जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *