• Mon. Dec 15th, 2025

पत्रकार धम्क्याउने प्रअ लाई सच्चिन महासंघको चेतावनी

BySaptahik Samachar

२२ असार २०७८, मंगलवार १९:०६ २२ असार २०७८, मंगलवार १९:०६ २२ असार २०७८, मंगलवार १९:०६

साप्ताहिक समाचारदाता /भद्रपुर २२ असार /समाचारकै विषयलाई लिएर पत्रकारलाई धम्क्याउने हर्कतको विरूध्द पत्रकार महासंघ झापाले कचनकवल ६ स्थित लक्ष्मी माध्यमिक विद्यालयका प्रधानअध्यापक राजु बुढाथोकीलाई सच्चिन चेतावनी दिएको छ। समाचार लेखेकै विषयमा पत्रकारसित लिखित स्पष्टीकरण मागेकाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस्तो हर्कत सच्याउन नेपाल पत्रकार महासंघ झापा शाखाले प्रअ वुढाथोकीलाई चेतावनी दिएको हो ।

महासंघ झापाका सचिव डिकेश लामाले विज्ञप्ति जारी गर्दै प्रधानअध्यापक बुढाथेकीको हर्कत प्रेस स्वतन्त्रतामाथिको नाङ्गो हस्तक्षेप भएको ठहर सहित गल्ति सच्याउन सुझाएको हो ।बुढाथोकीले विद्यालयमा भएको अनियमितता वारे समाचार लेखेको भन्दै पत्रकार पार्थ मण्डललाई २१ असारमा विद्यालयमा आएर स्पष्टीकरण बुझाउन पत्र काटेका थिए ।

आफ्ना गल्ति कमजोरी लुकाउन प्रअ बुढाथोकीले कानुनी निकायको शैलीमा आदेश जारी गर्दै सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरी स्वतन्त्र पत्रकारितालाई चुनौति दिने प्रयास गरेपछि महासंघ प्रतिवादमा उत्रेको हो ।

प्रअ वुढाथोकीले विद्यालयमा गरेको कार्यकलापका वारेमा थाहा खवर अनलाइनमा समाचार प्रकाशन भएको थियो। सोही समाचारको विषयलाई लिएर विद्यालयमा उपस्थित भई लिखित स्पष्टीकरण दिन पत्राचार गरेको र उक्त पत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको घटनाप्रति महासंघ लगायत झापाका पत्रकारजन्य संघ संस्थाले आपत्ति जनाएका छन् ।

प्रकाशित समाचारप्रति चित्त नबुझे वा गुनासो रहे त्यसविरुद्ध कानुनी उपचारको बाटो हुँदाहुँदै सार्वजनिक निकायमा वहाल रहेका विद्यालयको प्रधानाध्यापकजस्तो जिम्मेवार व्यक्तिबाट पत्रकारलाई स्पष्टीकरण सोध्न पत्राचार गर्नु र उक्त पत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नु आफैंमा आपत्तिजनक र प्रेस स्वतन्त्रताविरोधी काम भएको विज्ञप्तिहरूमा उल्लेख छ ।

9 thoughts on “पत्रकार धम्क्याउने प्रअ लाई सच्चिन महासंघको चेतावनी”
  1. I am really impressed along with your writing abilities
    and also with the layout to your weblog. Is that this a paid topic or did you customize it your self?
    Either way stay up the nice high quality writing, it is uncommon to see
    a nice blog like this one today. Instagram Auto follow!

  2. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

  3. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

Leave a Reply

Your email address will not be published. Required fields are marked *