• Sat. Jul 27th, 2024

नेपाल चिया उत्पादक संघको विज्ञप्ति

BySaptahik Samachar

३ भाद्र २०८०, आईतवार १६:१८ ३ भाद्र २०८०, आईतवार १६:१८ ३ भाद्र २०८०, आईतवार १६:१८

विज्ञप्ति
नेपाल सरकारले हालै बढाएको श्रमिकको न्यूनतम पारिश्रमिकमा चिया क्षेत्रलाइ पनि समेटेर एकै नीति लागु गर्दा संकटमा रहेको चिया क्षेत्र थप संकटमा पर्ने हुँदा सरकारले बढाएको न्यूनतम पारिश्रमिक दिन असमर्थ रहेको स्पष्ट पार्न चाहन्छौं ।
चिया उद्योग अन्य उद्योग भन्दा पृथक चरित्रको भएकोले यस उद्योगबाट उत्पादन हुने चियामा श्रम खर्च नै उत्पादन लागको ७०।७५ प्रतिशत हुन जाने र नेपालको आन्तरिक बजारको खपत भन्दा दोब्बर उत्पादन भई आएकोले बजारको अभावमा नेपाली चिया भारतीय बजारमा बिक्री गर्नुपर्ने बाध्यता छ ।
अतः उत्पादनको ५० प्रतिशत भन्दा बढी चिया भारतमा लगेर बेच्नुपर्ने वाध्यताका बीच भारत सरकारले हालै बढाएको चिया श्रमिकको ज्याला भन्दा १ सय रुपैयाँ बढी श्रमिक ज्याला नेपाली चिया क्षेत्रले व्यहोर्नु पर्ने सरकारको नीतिलाई कुनै पनि हालतमा कार्यान्वयन गर्न सक्ने अवस्था हामीसंग छैन ।
चिया उद्योग नै संकटबाट गुज्रिरहेकोले नेपाली चिया उद्योगीहरु चिया खेती र चिया उद्योगबाट पलायन हुन खोजिरहेको अवस्था विद्यमान छ, जुन कुरालाइ हामीले पटक पटक सरकार समक्ष राखी आएका छौं । यसको दीर्घकालीन समाधानका लागि सरकारले चिया उद्योग विस्थापन गरी अन्य खेतीको विकल्प दिनुपर्छ भन्ने हाम्रो माग यथावत छ ।
मुलुकको अर्थतन्त्र मन्दीमा रहेको , उच्च व्याजदर, चिया उद्योगीको मनोबल घटदो अवस्थामा रहेको जस्ता समस्या कारण हाल बढाइएको पारिश्रमिक दिने अवस्थामा चिया क्षेत्र नरहेको स्पष्ट पार्दछौ ।


# नेपाल चिया उत्पादक संघ, केन्द्रीय कार्यालय
भद्रपुर , झापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *