• Sat. Jul 27th, 2024

नेपालले वार्षिक २८ करोड बढीको तास खरिद गर्छ : भन्सार विभाग

BySaptahik Samachar

१२ श्रावण २०७८, मंगलवार ०८:०९ १२ श्रावण २०७८, मंगलवार ०८:०९ १२ श्रावण २०७८, मंगलवार ०८:०९

काठमाडौं-१२,साउन /साप्ताहिक समाचारदाता /सुन्दा अचम्म लाग्न सक्छ । तास खरिदमा मात्र नेपालले एक वर्षमा साढे २८ करोड रुपैयाँ माथि खर्चिन्छ भन्दा । तर यो कुरा सत्य हो । गत आर्थिक वर्ष २०७७/७८ को १२ महिनामा मात्र नेपालले विभिन्न मुलुकहरूबाट गरी साढे २८ करोड रुपैयाँ माथिको (प्ले कार्ड) खेल्ने तास खरिद गरेको छ ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म विभिन्न मुलुकहरूबाट गरी नेपालले कुल २८ करोड ६२ लाख ६४ हजार रुपैयाँ बराबरको १ करोड ३९ लाख ६९ हजार १३५ गोटा तास खरिद गरेको छ । जसबाट सरकारले समेत सो आर्थिक वर्षमा कुल १५ करोड ४८ लाख ५९ हजार रुपैयाँ राजस्व उठाएको छ ।
मुख्यगरी चीन, अमेरिका, भारतबाट ठूलो परिमाणमा तास नेपाल आयात हुने गरेकोमा धेर थोर अष्ट्रेलिया, ब्राजिल, मलेसिया, सिंगापुर तथा इजरायलबाट समेत आयात हुने गरेको विभागको तथ्याङ्कले देखाएको छ । विभागका अनुसार आर्थिक वर्षमा सबैभन्दा बढी चीनबाट २६ करोड ३२ लाख ४ हजार रुपैयाँ बराबरको १ करोड २५ लाख ९६ हजार ९९१ गोटा तास नेपाल आयात भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *