१० चैत्र २०७८, बिहीबार २२:१६ १० चैत्र २०७८, बिहीबार २२:१६ १० चैत्र २०७८, बिहीबार २२:१६
भद्रपुर १० भदौ / नेपालमा प्रतिदिन ४७ जनाको क्षयरोगका कारण निधन हुने गरेको छ भने दैनिक १सय ९२ जनामा क्षयरोग संक्रमण हुने गरेको तथ्याङ्क छ।
विश्व क्षयरोग दिवस-२०७८ को अवसरमा आयोजित अन्तरक्रियामा जिल्ला स्वास्थ्य कार्यालय झापाका क्षयरोग फोकल पर्सन विश्वनाथ श्रेष्ठले आर्थिक वर्ष २०७७/०७८ को तथ्याङ्कको आधारमा सो जानकारी दिनुभएको हो।
४५% नेपालीमा क्षयरोग पाइने अनुमान गरिन्छ उहाँले भन्नुभयो - "झापा सवै भन्दा बढी क्षयरोगी भएको जिल्ला हो।" वितेको एक वर्षको अवधिमा झापामा ९९२ जना क्षयरोगी पाइएको छभने २०७८/०७९को तथ्याङ्क अनुसार औषधि प्रतिरोधी क्षयरोगी पनि झापामै बढी भेटिएको छ।
विश्वका सवै भन्दा बढी क्षयरोगी पाइने देश भारत र चीनको बीचमा रहेकाले पनि नेपाललाई क्षयरोगको चुनौती बढी छ।" क्षयरोग अन्त्यका लागि लगानी बढाऔं, जीवन बचाऔं" भन्ने नाराका साथ यस वर्ष क्षय रोग दिवस मनाइएको छ। नियमित औषधि सेवन गरेमा यो रोगबाट बच्न सकिने विज्ञहरूले बताएका छन्।
2 thoughts on “नेपालमा क्षयरोगका कारण दैनिक ४७ जनाको निधन /झापामा देशकै उच्च संक्रमण”
I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article. https://www.binance.com/bg/join?ref=V2H9AFPY
I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article. https://www.binance.com/bg/join?ref=V2H9AFPY
Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.