• Sat. Jul 27th, 2024

निशुल्क आँखा-कान शिविरमा चश्मा वितरण

BySaptahik Samachar

१५ फाल्गुन २०७८, आईतवार १६:२७ १५ फाल्गुन २०७८, आईतवार १६:२७ १५ फाल्गुन २०७८, आईतवार १६:२७

भद्रपुर १५,फागुन / भद्रपुर नगरपालिका ८ नं. वडा कार्यालयको आयोजनामा निःशुल्क आँखा-कान परीक्षण शिविर तथा सो शिविरमा निःशुल्क चश्मा वितरण गरिएको छ। वडा कार्यालयमा आज आइतबार भएको स्वास्थ्य शिविरमा दृष्टि आँखा अस्पताल विर्ताबजारको प्राविधिक सहयोग र हेल्पिङ ह्याण्ड कम्युनिटी अस्पताल काठमाडौँले निःशुल्क चश्मा सहयोग गरेको शिविरका प्रचार प्रसार संयोजक धनप्रसाद शिवाकोटीले जानकारी दिनुभयो।
स्वास्थ्य शिविरको व्यवस्थापनमा जेष्ठ नागरिक संघ, ८नं.वडा र रोयल क्लव भद्रपुरको सहयोग रहेको थियो। वडा अध्यक्ष गौरव सुव्वाको सभापतित्वमा भएको स्वास्थ्य शिविरमा जेष्ठ नागरिक सहित ४सय५० बढी महिला पुरुषले आँखा कानको परीक्षण गर्नुका साथै झण्डै दुई सय जनालाई निःशुल्क रिडिङ् ग्लास वितरण भएको जनाइएको छ। कार्यक्रमको संचालन वडा कार्यालयकी कर्मचारी प्रतिमा अधिकारीले गर्नुभएको थियो।

3 thoughts on “निशुल्क आँखा-कान शिविरमा चश्मा वितरण”

Leave a Reply

Your email address will not be published. Required fields are marked *