• Thu. Oct 24th, 2024

निर्वाचन आयोग पुगेर प्रधानमन्त्रीले भने : मैले सूर्यबाहेक अरुबाट चुनाव लडेको छैन

Bysaptahiksamachar

२७ माघ २०७७, मंगलवार २३:४९ २७ माघ २०७७, मंगलवार २३:४९ २७ माघ २०७७, मंगलवार २३:४९ , ,
२७ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटन गरेर घोषणा गरेको मध्यावधि निर्वाचनको तयारीबारे जानकारी लिन भन्दै प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार बहादुर भवन पुगे ।
त्यहाँ निर्वाचन आयोगका पदाधिकारीले अहिलेसम्म भएको तयारीबारे ब्रिफिङ मात्र गरेनन्, बजेट र बन्दोबस्तीका सामान लगायतको आवश्यकताबारे पनि जानकारी गराए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले निर्वाचन तयारीको काम निरन्तर अगाडि बढाउन आग्रह गरेका छन् ।

के प्रधानमन्त्री ओली आफैं निर्वाचन आयोगमा पुग्नु निर्वाचनको तयारी बुझ्नु मात्र हो ? नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिता विवादबारे कुरा भएन ?
किनकी प्रधानमन्त्री ओलीसँग उपप्रधानमन्त्री ईश्वर पोखरेल र अर्थमन्त्री विष्णु पौडेलका साथै सुवासचन्द्र नेम्वाङ पनि आयोग पुगेका थिए । यी नेताहरुलाई ओली समूहले पार्टीको आधिकारिता विवादको सबै टुंगो लगाउने जिम्मेवारी दिएको छ ।
आयोगमा विचाराधीन रहेको आधिकारिकता विवादतर्फ इंगित गर्दै उनले सूर्यबाहेक अरू कुनै चिह्नबाट आफूले निर्वाचन नलडेको बताए ।
प्रधानमन्त्री र आयोगका पदाधिकारीहरुबीच भएको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रेस सल्लाहकार थापाले प्रधानमन्त्री आयोगमा जानुको उद्देश्य पार्टीको आधिकारिकताको विषयमा छलफल गर्नु नभएको दाबी गरे ।
तर प्रधानमन्त्रीले आयोगका पदाधिकारीहरुसँग नेकपाको आधिकारिकता विवादबारे कुरा गरेको पाइएको छ ।
आयोगमा विचाराधीन रहेको आधिकारिकता विवादतर्फ इंगित गर्दै उनले सूर्यबाहेक अरू कुनै चिह्नबाट आफूले निर्वाचन नलडेको बताए । पार्टी एकता हुँदा पुष्पकमल दाहाल प्रचण्डसँग सूर्य चिह्न कायम गर्ने सहमति भएको, तर एकता नटुंगिदै दुर्भाग्यपूर्ण अवस्था आएको भन्दै उनले भने, ‘कहिल्यै सूर्य चिह्नबाट चुनाव नलडेको प्रचण्ड र मेरा बीचमा सहमति भयो, हामीले एकता गर्‍यौं । एकताको प्रक्रिया टुंगिन पाएको थिएन, फेरि दुर्भाग्यपूर्ण अवस्था आयो ।’
पार्टी एकता गर्दा पनि सूर्य चिह्न राख्ने समझदारी प्रचण्डले भत्काएको ओलीको भनाइ थियो । उनको आशय सूर्य चिह्नबाटै आगामी चुनाव लड्छु भन्ने देखिएको स्रोतले बतायो । उनले आयोगमा भने, ‘मैले चुनावमा जाँदा पार्टी नभएको, निर्वाचन चिह्न नभएको भन्ने अवस्था त कसरी आउन मिल्छ र ?’
आयोगले माघ ११ मा नेकपाबारे निर्णय लिइसकेकाले अब निर्वाचनभन्दा अरुतिर ध्यान नदिन ओलीले आग्रहसमेत गरे । त्यो दिन आयोगले पुस ५ यताको दुवै समूहले गरेको दावी अमान्य हुने निर्णय गरेको थियो । तर प्रचण्ड–माधव समूहले राजनीतिक दल सम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार, वैधानिकता दावी गर्दै पत्र बुझाएको छ ।
यसबारे आयोग अध्ययनमै रहेका बेला प्रधानमन्त्री पुगेर त्यसमा नअल्झिन आग्रह गरेका छन् ।
भेटमा सहभागी ओली समूहका नेता सुवास नेम्वाङले पनि निर्वाचनको तयारीबारे बुझ्न जाँदा पार्टी वैधानिकताबारे थोरै कुराकानी भएको बताए । ‘कुरा हुँदै जाँदा निर्वाचन चिह्नबारे (प्रधानमन्त्रीले) थोरै बोल्नुभयो, तर यसै प्रयोजनका लागि गएको होइन’, उनले अनलाइनखबरसँग भने ।
आयोग पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री ओलीले ६४ प्रतिशत बहुमत भएको अवस्थामा आफूले संसद भंग गर्ने निर्णय गरेकाले निर्वाचन हुन्छ भन्नेमा ढुक्क भएर अगाडि बढ्न आग्रह गरे । निर्वाचन गर्न आवश्यक सबै सहयोग सरकारले गर्ने भन्दै उनले आयोगले ढिलाइ गर्न नहुने बताए ।

Related Post

भद्रपुर रनको आय व्यय सार्वजनिक, लगभग दुई लाख बचत
झापाको भद्रपुरमा आदिवासी राष्ट्रिय उत्थान प्रतिष्ठानद्वारा प्रकाशित तथा आदिवासी राजवंशी समुदायका विद्वान अग्रज व्यक्तित्वहरू टेकनारायण राजवंशी लगायत रणकुमार राजवंशी, पानीलाल राजवंशी, लखनलाल राजवंशी, दलसिंह राजवंशी,पवन राजवंशी ,पामर राजवंशी र कमलप्रसाद राजवंशीले लेखेको पुस्तक र ‘ कोच राजवंशी जातिको चिनारी ‘ र पानीलाल राजवंशीद्वारा सङ्कलित र सम्पादित पुस्तक ‘ राजवंशी नेपाली शब्द संग्रह’को कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्य मन्त्री भूमिप्रसाद राजवंशीबाट विमोचन र लेखक-सम्पादकलाई सम्मान। रासविस.का झापा अध्यक्ष उत्तमकुमार राजवंशीको अध्यक्षतामा शनिवार भएको विमोचन तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि राज्य मन्त्री राजवंशी, प्रदेश सांसद निमसरी राजवंशी, भद्रपुर नगर पालिकाका नगरप्रमुख गणेश पाेखरेल, रासविस.का केन्द्रीय अध्यक्ष सुमन्तकुमार राजवंशी,आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानका सदस्य सचिव कमल राजवंशी,वडा अध्यक्ष रतिया राजवंशी, पुनम राजवंशी,राजवंशी युवा मञ्च भद्रपुरका नगर अध्यक्ष अजय राजवंशी तथा पुस्तकका लेखक र सम्पादकले पनि मन्तव्य राखेका थिए।रासविस.झापाका उपाध्यक्ष जीतलाल राजवंशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सोहनलाल राजवंशीले गर्नुभएको थियो ।
यस बर्षको छैठ पूजा भव्यताका साथ सम्पन्न गर्न भद्रपुरबासी ऐक्यबद्ध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed