• Mon. Nov 10th, 2025

निर्मल वान्तवा मेमोरियलको उपाधि शनिश्चरे एफ सीलाई

BySaptahik Samachar

१४ माघ २०७९, शनिबार २१:४९ १४ माघ २०७९, शनिबार २१:४९ १४ माघ २०७९, शनिबार २१:४९

भद्रपुर १४,माघ / शनिश्चरे फुटबल क्लब शनिश्चरेले निर्मल वान्तवा मेमोरियल फुटवल प्रतियोगिताको उपाधि हात पारेको छ।कलवलगुरी समाजको आयोजनामा भद्रपुर-१० स्थित कलवलगुरी प्राथमिक विद्यालयको खेल मैदानमा शनिबार भएको उपाधि भिडन्तमा के के एफ सीलाई टाइब्रेकरमा पराजित गर्दै शनिश्चरेले उपाधि हात पारेको हो।
उपाधि भिडन्तको निर्धारित समयमा दुवै टोलीले १/१को बराबरी खेले पछि निर्णयका लागि गरिएको पेनाल्टी सुट आउटमा शनिश्चरे विजयी भएको हो।

विजेता बनेसंगै शनिश्चरेले नगद रू. १ लाख ५० जार शील्ड, प्रमाणपत्र र उप बिजेताले ७५ हजार रूपैयाँ सहित ट्रफी र प्रमाण पत्र पाएको छ।प्रतियोगितामा शनिश्चरे फुटबल क्लबका सौरभ लिम्बूले प्लेयर अफ द म्याच घोषित हुँदै नगद १० हजार हात पारे भने बेष्ट गोल किपर र बेष्ट कोच पनि शनिश्चरेको टोलीले जित्दै नगद ५/५ हजार हात पारेको आयोजक समितिका सचिव सरोज काफ्लेले जानकारी दिनुभयो।
माघ ७ गतेदेखि जारी प्रतियोगिताको शनिबार भएको पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि नेपाली काँग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्मा हुनुहुन्थ्यो भने भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल विशिष्ट अतिथि हुनुहुन्थ्यो। जिल्लाका आठवटा टीम सहभागी प्रतियोगिता आयोजक समितिका अध्यक्ष वावुराम पराजुलीको अध्यक्षतामा भएको थियो ।

119 thoughts on “निर्मल वान्तवा मेमोरियलको उपाधि शनिश्चरे एफ सीलाई”
  1. Эта публикация погружает вас в мир увлекательных фактов и удивительных открытий. Мы расскажем о ключевых событиях, которые изменили ход истории, и приоткроем завесу над научными достижениями, которые вдохновили миллионы. Узнайте, чему может научить нас прошлое и как применить эти знания в будущем.
    Подробнее тут – https://quick-vyvod-iz-zapoya-1.ru/

  2. Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

  3. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

Leave a Reply

Your email address will not be published. Required fields are marked *