• Sat. Jul 27th, 2024

नायक पल शाहलाई थुनामा राख्ने तनहुँ अदालतको आदेश

BySaptahik Samachar

११ चैत्र २०७८, शुक्रबार १४:४२ ११ चैत्र २०७८, शुक्रबार १४:४२ ११ चैत्र २०७८, शुक्रबार १४:४२

तनहुँ ११,चैत्र / नाबालिक किशोरीसँग अवैध सम्बन्ध राखेको आरोपमा नायक पल शाहलाई थुनामा पठाउन जिल्ला अदालत तनहुँले आदेश दिएको छ । बुधबार र बिहीबार भएको थुनछेक बहसपछि जिल्ला अदालत तनहुँले शाहलाई जेल चलान गर्न आदेश दिएको हो ।

एक नाबालिका गायिकालाई विवाह गर्ने प्रलोभनमा पारेर पटक–पटक शारीरिक सम्बन्ध राखेको भन्दै पलविरूद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो ।
शाहका म्यानेजर कृष्णप्रसाद जोशी पनि मतियारको रूपमा संलग्न भई दोषी किटान भएका छन् । जोशीलाई एक लाख धरौटीमा साधारण तारेखमा रिहा गरिएको छ ।
पल शाह र कृष्ण जोशीको पक्षबाट ११ जना र जाहेरवालाको तर्फबाट ७ जना कानुन व्यवसायीले बहस गरेका थिए । पलविरुद्ध फागुन ११ गते नाबालिक गायिकाका अभिभावकले तनहुँ प्रहरीमा उजुरी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *