• Thu. May 23rd, 2024

नगरप्रमुख पोखरेल किचकवधको सरसफाइमा सक्रिय

BySaptahik Samachar

४ भाद्र २०७९, शनिबार २१:३१ ४ भाद्र २०७९, शनिबार २१:३१ ४ भाद्र २०७९, शनिबार २१:३१

. भद्रपुर ४,भदौ /झापाको भद्रपुर वडा नम्बर ३ मा रहेको धार्मिक, ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वको पर्यटकीय स्थलको सरसफाइमा संरक्षण समिति जुटेको छ। किचकवध संरक्षण समितिको अग्रसरतामा शनिबार जनप्रतिनिधि, सुरक्षाकर्मी, स्थानीय क्लबका पदाधिकारी सदस्य र स्थानीय समुदायको सहभागितामा बृहत सरसफाई अभियान सञ्चालन गरिएको छ।
सरसफाई अभियानमा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल समे जुट्नु भएको समितिले जनाएको छ। अभियानमा भद्रपुर -१ को के.के. फुटबल क्लब, सशस्त्र प्रहरी बल (बि.ओ.पि) हिमाली , प्रहरी चौकी किचकबध,सगरमाथा फाउन्डेसन र समितिका पदाधिकारी तथा स्थानीय समुदायको सहभागिता थियो। वर्षाको मौसममा किचकवध वाटिका क्षेत्रलाई घाँस र लहराले जेलेर जंगलजस्तो देखिएपछि सरसफाई गर्नु परेको हो। सफाई अभियानलाई निरन्तरता दिदै आकर्षक स्थलमा बनाउने संरक्षण समितिको अभियान छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *