rbt
भद्रपुर-7 को हिमालय वोर्डिङ स्कूलमा विद्यार्थी केन्द्रित एक दिने सचेतना कार्यक्रम आज सम्पन्न भएको हो।
भद्रपुर नगरपालिकाका उपप्रमुख चन्द्रमाया श्रेष्ठको प्रमुख आतिथ्य र सो विद्यालयका वाल क्लबका अध्यक्ष आलोक तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका विद्यार्थी,शिक्षक र अभिभावकहरूको सहभागिता थियो।
कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ सहित 7 नं. वडा अध्यक्ष विनोदप्रसाद पोख्रेल र संचारकर्मी गोपाल गिरीले शुभकामना मन्तव्य राख्नुभएको थियो भने स्वागत मन्तव्य विद्यालयका प्रिन्सिपल सुरज सापकोटाको थियो।
सचेतना नेपालका अध्यक्ष इन्द्रप्रसाद ओलीले संचालन सहित सहजीकरण गरेको कार्यक्रममा विद्यालयका शिक्षकहरूले कार्यक्रमको बारेमा सुझाव सहित टिप्पणी गर्नुभएको थियो। चेतना नेपालले भद्रपुरको आदर्श वोर्डिङमा पनि आजै सचेतना मूलक कार्यक्रम सम्पन्न गरेको जनाइएको छ।