भद्रपुर ८,फागुन / दलितहरुकाे परम्परागत शीप जाेगाउन र विपन्न दलितकाे आयआर्जनका लागि भद्रपुर नगरपालिकाले नौमति बाजा हस्तान्तरण गरेको छ। दलित नगर समन्वय समितिलाई शनिबार एक कार्यक्रमको आयोजना गरी नगरप्रमुख जीवनकुमार श्रेष्ठवाट नाैमति बाजा हस्तान्तरण गरिएको हो। भद्रपुर नगरपालिकाले प्रत्येक वर्ष दलितहरूको संरक्षण र जगेर्नाका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ। सो क्रममा यस वर्ष ड्राइभिङ तीन महिन तालिम शुरू गर्नुका साथै नगरका विपन्न दलित ७० परिवारलाई फाल्गुनदेखि लागु हुने गरी स्वास्थ्य वीमा गरिदिएको छ। नगरप्रमुख जीवनकुमार श्रेष्ठ,वडा सदस्य यामप्रसाद रिजाल, सामाजिक शाखा प्रमुख जीवनकला राउत र संचार संयाेजक गंगा बरालले घरदैलोमै पुगी स्वास्थ्य वीमाकाे परिचयपत्र वितरण गरिएको सामाजिक शाखा प्रमुख राउतले जानकारी दिनुभयो । Post Views: 360 Post navigation सकियो मन्त्री परिषद बैठक, के के भयो निर्णय सत्ता साझेदार दलहरू एमसीसी टेवुल गर्न सहमत/आजै सदनमा टेवुल गरिने