• Sat. Jul 27th, 2024

दक्षिणाको रकम अपाङ्गता पुनर्स्थापना केन्द्रलाई हस्तान्तरण

BySaptahik Samachar

१६ बैशाख २०८१, आईतवार १६:०८ १६ बैशाख २०८१, आईतवार १६:०८ १६ बैशाख २०८१, आईतवार १६:०८

गोपाल गिरीबाट

भद्रपुर १६, वैशाख / विवाहमा दक्षिणास्वरूप प्राप्त गरेको रकमलाई अन्यत्र खर्च नगरेर विवाहित एक दम्पतीले अपाङ्ग संघलाई प्रदान गरेका छन्।नव दम्पती राजन पोखरेल र देवी अधिकारीले झापा भद्रपुर-४ स्थित नेपाल अपाङ्ग संघ,खगेन्द्र नवजीवन केन्द्रमा आफै आई नगद रू.२१ हजार एक सय प्रदान गरेका हुन् ।

विवाहमा दक्षिणास्वरूप प्राप्त भएको रकम उहाँहरूले अपाङ्ग केन्द्रले सञ्चालन गरेको भद्रपुर – ४ स्थित अपाङ्गता पुनर्स्थापना केन्द्रका आवासीय आश्रित अपाङ्गता भएकाहरूलाई पालनपोषणमा सहयोग पुगोस् भनेर उपलव्ध गराउनु भयो, अपाङ्गता पुनर्स्थापना केन्द्रका कार्यक्रम संयोजक केदार महतका अनुसार, केन्द्रका उपाध्यक्ष पवन श्रेष्ठलाई दम्पतीले आज नगदै रकम हस्तान्तरण गर्नुभएको हो।
झापा अर्जुनधारा – ६ निवासी दुलहा पोखरेल र भद्रपुर – ३ ज्ञानेचोक निवासी दुलही अधिकारीले २०८१ वैशाख ६ गतेबाट वैवाहिक जीवन शुरू गर्नुभएको हो । दक्षिणास्वरूप प्राप्त भएको रकमलाई सामाजिक कार्यमा स्वेच्छाले सहयोग गर्न पाउँदा आफूहरूलाई सन्तोष लागेको नवविवाहित पोखरेलले बताउनुभएको छ।

12 thoughts on “दक्षिणाको रकम अपाङ्गता पुनर्स्थापना केन्द्रलाई हस्तान्तरण”

Leave a Reply

Your email address will not be published. Required fields are marked *