• Sat. Jul 27th, 2024

तीन दिने सिरूवा आज रङ खेलेर उल्लासका साथ विदा

BySaptahik Samachar

३ बैशाख २०८१, सोमबार २१:१७ ३ बैशाख २०८१, सोमबार २१:१७ ३ बैशाख २०८१, सोमबार २१:१७

भद्रपुर ३,बैशाख / सिरूवा पाबनीको अन्तिम दिन आज रङ खेल्दै यस वर्षको सिरूवालाई विदा गरिएको छ। सिरुवा पर्वको आज अन्तिम दिन नयाँ वर्षको खुशीयाली साटासाट गर्दै एक आपसमा रङ खेलेर उल्लासका साथ यो पर्वलाई विदा गरिएको हो। आदिवासी कोच समुदायको मुख्य चाड सिरुवा पर्व झापालगायत कोशी प्रदेशका तराईका जिल्लामा हर्षोल्लास साथ मनाइन्छ । तीन दिनसम्म मनाइने सिरूवा पर्वको तेस्रो तथा अन्तिम दिन आज रङ हिजो काद (हिलो) र पहिलो दिन जल (पानी) मा खेलेर मनाएका छन् ।

झापा जिल्लाका १५ वटा पालिकामा बसोबास गर्ने राजवंशी, थारू, गनगाई, ताजपुरिया, माझीलगायत समुदायको मुख्य पर्वमा प्रदेश र स्थानीय सरकारले विदा दिने गरेको छ। सिरूवा पर्वले एकापसमा भ्रातृत्व र बन्धुत्वको सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत गर्ने विश्वास छ।

आ–आफ्ना घरमा घाटोसरी थान बनाएर पूजा गर्ने, ग्रामथानमा गएर कुल देउताको पूजापाठ गर्नेलगायत धार्मिक विश्वासका साथै परम्परागत भेषभुषा र संस्कार संस्कृतिको संरक्षण सम्वर्द्धनमा पनि यस पर्वको विशेष महत्व रहेको आदिवासी अगुवाहरूले बताएका छन्।

22 thoughts on “तीन दिने सिरूवा आज रङ खेलेर उल्लासका साथ विदा”

Leave a Reply

Your email address will not be published. Required fields are marked *