• Mon. Dec 15th, 2025

डी कौडिन्य पत्रकारिता पुरस्कार शर्मा, पाठक र झापालीलाई

BySaptahik Samachar

३० श्रावण २०७९, सोमबार २०:०४ ३० श्रावण २०७९, सोमबार २०:०४ ३० श्रावण २०७९, सोमबार २०:०४

. भद्रपुर ३०, साउन/ डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट झापाका तीन पत्रकार पुरस्कृत भएका छन् ।
कोरोना संक्रमणका कारण दुई वर्षदेखि स्थगित भएको सो पुरस्कारबाट यो वर्ष एकैपटक तीन युवा पत्रकार जीएन शर्मा, राजु पाठक र लीलाराज खड्का (झापाली) पुरस्कृत हुनुभएको हो ।
प्रेस सेन्टरका केन्द्रीय सचिव विमल लामिछानेको संयोजकत्वमा सेन्टरका जिल्ला अध्यक्ष झुलन रेग्मी र पत्रकार महासंघ झापाका सचिव तथा प्रेस सेन्टर प्रदेश कमिटी सदस्य डिकेश लामा रहेको समितिले प्रतिभा छनौट गरेको हो ।
गठित समितिले २०७७ सालको पुरस्कार चौतारी पोष्ट अनलाईनका सम्पादक शर्मा, २०७८ सालको पुरस्कार मेची खवर साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ झापाका सहसचिव पाठक र २०७९ सालको पुरस्कार गोरखापत्र दैनिक झापाका समाचारदाता तथा नेपाल पत्रकार महासंघ प्रदेश १ का सदस्य झापालीलाई प्रदान गर्ने निर्णय गरेको हो । झापाली कनकाई साप्ताहिकका सम्पादक समेत हुनुहुन्छ।
पुरस्कारको राशि जनही २१ हजार रहेको छ । पुरस्कार भदौ १ गते गौरीशंकर स्मृति प्रतिष्ठान बिर्तामोडमा वितरण गरिने प्रेस सेन्टर झापाका सचिव उध्दव पुरीले बताउनुभयो ।
तत्कालीन शाही सेनाले डी कौडिन्यलाई २०५९ साल साउन ७ गते पक्राउ गरी चारआलीस्थित व्यारेकमा पुर्‍याएर हत्या गरेको थियो ।
जनपक्षीय पत्रकार डी कौडिन्य (देवकुमार आचार्य)को स्मृतिमा प्रेस सेन्टर झापाद्वारा स्थापित यो पुरस्कारबाट यसअघि चन्द्र भण्डारी, गञ्जबहादुर दाहाल, लीला बराल, दीपिन राई, बिमल लामिछाने, केशव भट्टराई पुरस्कृत भइसक्नु भएको छ।

25 thoughts on “डी कौडिन्य पत्रकारिता पुरस्कार शर्मा, पाठक र झापालीलाई”
  1. Профессиональный сервисный центр по ремонту бытовой техники с выездом на дом.
    Мы предлагаем:ремонт крупногабаритной техники в москве
    Наши мастера оперативно устранят неисправности вашего устройства в сервисе или с выездом на дом!

  2. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

  3. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

Leave a Reply

Your email address will not be published. Required fields are marked *