• Thu. Nov 13th, 2025

टोल टोलमा मास्क वितरण अभियान सुरु

BySaptahik Samachar

१० भाद्र २०७८, बिहीबार १८:२८ १० भाद्र २०७८, बिहीबार १८:२८ १० भाद्र २०७८, बिहीबार १८:२८

भद्रपुरको ७ नं. वडा कार्यालयले टोल टोलमा मास्क वितरण अभियान सुरु गरेको छ। नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले सन्चालन गरेको मास्क वैंक कार्यक्रमबाट प्रभावित भएर ७ नं. वडाले टोल टोलमा मास्क अभियान शुरू गरेको हो। मास्क अभियानमा वडा अन्तर्गतका निम्न आय भएका परिवार पहिचान गरी निःशुल्क मास्क वितरण गरिने वडा अध्यक्ष पोखरेलले जानकारी दिनुभयो।
वडा अध्यक्ष पोखरेलको अध्यक्षतामा वडा कार्यालयमा भएको एक कार्यक्रममा वितरण स्वयंसेवकहरूलाई वडाअध्यक्ष पोखरेल, कार्य पालिका सदस्य मित्रा भट्टराई र रेडक्रस भद्रपुर उपशाखाका सभापति गोपाल गिरीले मास्क हस्तान्तरण गर्दै अभियानको शुरूवात गर्नुभएको थियो।
मास्क वितरणका लागि वडाले स्वयंसेवकहरूको ४ वटा टोली परिचालन गरेको छ। युवा र वाल सञ्जाल सम्मिलित टोलीले आज र भोलि घर-घरमा गएर परिवार सदस्यका आधारमा मास्क वितरण गर्ने वडा अध्यक्ष पोखरेलले जानकारी दिनुभयो।
कार्यक्रममा कार्यपालिका सदस्य भट्टराई, रेडक्रस भद्रपुरका सभापति गिरी, टोल विकास संस्थाका अध्यक्ष जनार्दन उप्रेती, युवा सन्जालका सुरज श्रेष्ठले मन्तव्य राख्नुभएको थियो। कार्यक्रमको सञ्चालन ७ नं. वडा सचिव हिरण्य नेउपानेले गर्नुभएको थियो।

12 thoughts on “टोल टोलमा मास्क वितरण अभियान सुरु”
  1. Thank you for sharing your thoughts. I truly appreciate your efforts and I will be waiting
    for your next write ups thank you once again.

  2. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

  3. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

Leave a Reply

Your email address will not be published. Required fields are marked *