• Sat. Jul 27th, 2024

झापा ३ नं.क्षेत्रमा राप्रपा अध्यक्ष लिङ्देन निर्वाचित

BySaptahik Samachar

८ मंसिर २०७९, बिहीबार १७:४२ ८ मंसिर २०७९, बिहीबार १७:४२ ८ मंसिर २०७९, बिहीबार १७:४२

भद्रपुर, ८ मंसिर। झापा क्षेत्र नम्बर ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई ३ हजार २ सय ७६ मतान्तरले पराजित गर्दै लिङ्देन लगातार दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो। एमालेसँग चुनावी तालमेल गरी झापा क्षेत्र नम्बर ३ बाट लिङ्देन उम्मेदवार बन्नुभएको थियो।

विजयी लिङ्देनले ४० हजार ६६२ मत ल्याउदा प्रतिष्पर्धी सिटौलाले ३७ हजार ३८६ मत प्राप्त गर्नुभयो । यस क्षेत्रमा १ लाख ३१ हजार ४३२ मतदाता रहेकोमा ८९ हजार ६३७ मत खसेको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *