• Sat. Apr 20th, 2024

झापा जिल्लास्तरीय खेलाडी छनोट प्रतियोगिता आजदेखि सुरु, महिला भलिबल र खो–खोका खेलाडी छनोट

BySaptahik Samachar

४ भाद्र २०७९, शनिबार १९:४३ ४ भाद्र २०७९, शनिबार १९:४३ ४ भाद्र २०७९, शनिबार १९:४३

रोहित काफ्लेबाट———-
भद्रपुर ०४,भदौ / आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता र प्रदेश स्तरीय खेलाडी छनोट प्रतियोगितामा झापाबाट प्रतिनिधित्व गर्ने खेलाडी छनोटका लागि शनिवारदेखि जिल्लास्तरीय खेलाडी छनोट प्रतियोगिता औपचारिक रुपमा सुरु भएको छ ।
झापा जिल्ला खेलकुद विकास समितिको आयोजनामा मेची रङ्गशालामा औपचारिक रुपमा प्रतियोगिता सुरु भएको हो ।
समितिका अध्यक्ष तथा कराते प्रशिक्षक भेषराज भण्डारी (प्रशान्त)–को अध्यक्षतामा आयोजित एक समारोहका बीच प्रदेश नं १ को खेलकुद विकास बोर्डका सदस्य सचिव एवम् पूर्व खेलाडी हंशराज वाग्लेले पानसमा दीप प्रज्वलन गरेर प्रतियोगिता उद्घाटन गर्नुभयो। समितिकी उपाध्यक्ष गंगा कोइराला भुर्तेलले स्वागत र सचिवालय सदस्य एवम् प्रशिक्षक दुर्गाराज निरौलाले सञ्चालन गरेको समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि वाग्ले, समारोहका विशेष अतिथि नेपाल उद्योग वाणिज्य महासंघ १ नं प्रदेश अध्यक्ष टिकाराज ढकालले सम्वोधन गर्नुभएको थियो।

. झण्डै ९ सय खेलाडी सहभागी हुने बताइएको जिल्लास्तरीय यस प्रतियोगिताको पहिलो दिनकोे खेलबाट खोखोको महिला-पुरुष र महिला भलिबलका खेलाडीहरु छनोट भएको जनाइएको छ।
प्रतियोगितामा फुटबल, भलिबल, क्रिकेट, एथलेटिक्स, बक्सिङ, तेक्वान्दो, कराते, भारत्तोलन, टेबल–टेनिस, कबड्डी, कुस्ती, ब्याडमिन्टन, उसु, जुडो, वास्केटबल, बुद्धिचाल, आईटीएफ तेक्वान्दो, सुटिङ, खो खो, पौडी, शारीरिक सुगठन, सेपात्राका, जिम्नाष्टिक, हक्की, साइक्लिङ र आर्चरीका खेल समावेश गरिएको छ । आइतबारदेखि जिल्लाका विभिन्न स्थानमा छुट्टाछुट्टै विधाका खेलहरु हुने कार्यालय प्रमुख शिवकुमार नेम्बाङले जानकारी दिनुभयो ।
यसैबीच झापा जिल्ला खेलकुद विकास समितिमा सदस्यका रुपमा मनोनित सन्तोषकुमार थेगिमलाई स्वागत –सम्मानसहित सपथ गराइएको छ ।थेगिमको मनोनयनसंगै समितिले पूर्णता पाएको छ।

One thought on “झापा जिल्लास्तरीय खेलाडी छनोट प्रतियोगिता आजदेखि सुरु, महिला भलिबल र खो–खोका खेलाडी छनोट”

Leave a Reply

Your email address will not be published. Required fields are marked *