• Fri. Jan 23rd, 2026

झापा गोल्ड कपको उपाधि भिडन्त आज

BySaptahik Samachar

२८ फाल्गुन २०८०, सोमबार १३:०९ २८ फाल्गुन २०८०, सोमबार १३:०९ २८ फाल्गुन २०८०, सोमबार १३:०९

भद्रपुर २८,फागुन / झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी छैठौं झापा गोल्डकपको उपाधिका लागि आज सशस्त्र प्रहरीको एपीएफ क्लब र चर्च ब्वाइज युनाइटेड आम्ने साम्ने हुदैछन् ।

डोमालाल राजवंशी रंगशालामा दिउँसो ३ बजेबाट हुने खेलमा उनीहरु उपाधि आफ्नो हातमा पार्न सशक्त रुपमा प्रस्तु हुने दाबी गरेका छन् ।

यसअघिका पाँच संस्करणमा सहभागी भएको एपीएफ एफसी फाइनलमा पुगेको यो पहिलो पटक हो । सहिद स्मारक ए डिभिजन लिग बिजेता चर्च ब्वाइज युनाइटेड भने पहिलो पटक सहभागी भएको प्रतियोगिताको फाइनलमा पुग्न सफल भएको हो ।

झापा गोल्डकपको बिजेताले १३ लाख रुपैयाँ नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । उपबिजेताले सात लाख रुपैयाँ पाउने छ । फाइनलमा प्रत्येक खेलाडीले जनही २५ हजार रुपैंयाँ बिधागत पुरस्कारको रुपमा पाउने बताइएको छ । गोल्डकप गत फागुन १९ गतेबाट शुरु भएको थियो ।

आज हुने समापन कार्यक्रममा विभिन्न संगितिक प्रस्तुतिहरू राखिएको झापा गोल्डकपका अध्यक्ष विनोद वस्नेतले जानकारी दिनु भयो।

42 thoughts on “झापा गोल्ड कपको उपाधि भिडन्त आज”
  1. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

Leave a Reply

Your email address will not be published. Required fields are marked *