• Sat. Jul 27th, 2024

झापा गोल्ड कपको उपाधि भिडन्त आज

BySaptahik Samachar

२८ फाल्गुन २०८०, सोमबार १३:०९ २८ फाल्गुन २०८०, सोमबार १३:०९ २८ फाल्गुन २०८०, सोमबार १३:०९

भद्रपुर २८,फागुन / झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी छैठौं झापा गोल्डकपको उपाधिका लागि आज सशस्त्र प्रहरीको एपीएफ क्लब र चर्च ब्वाइज युनाइटेड आम्ने साम्ने हुदैछन् ।

डोमालाल राजवंशी रंगशालामा दिउँसो ३ बजेबाट हुने खेलमा उनीहरु उपाधि आफ्नो हातमा पार्न सशक्त रुपमा प्रस्तु हुने दाबी गरेका छन् ।

यसअघिका पाँच संस्करणमा सहभागी भएको एपीएफ एफसी फाइनलमा पुगेको यो पहिलो पटक हो । सहिद स्मारक ए डिभिजन लिग बिजेता चर्च ब्वाइज युनाइटेड भने पहिलो पटक सहभागी भएको प्रतियोगिताको फाइनलमा पुग्न सफल भएको हो ।

झापा गोल्डकपको बिजेताले १३ लाख रुपैयाँ नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । उपबिजेताले सात लाख रुपैयाँ पाउने छ । फाइनलमा प्रत्येक खेलाडीले जनही २५ हजार रुपैंयाँ बिधागत पुरस्कारको रुपमा पाउने बताइएको छ । गोल्डकप गत फागुन १९ गतेबाट शुरु भएको थियो ।

आज हुने समापन कार्यक्रममा विभिन्न संगितिक प्रस्तुतिहरू राखिएको झापा गोल्डकपका अध्यक्ष विनोद वस्नेतले जानकारी दिनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *