• Sat. Jul 27th, 2024

झापामा मृत्यु भइसकेका २६ जनाको वृद्ध भत्ता कर्मचारीद्वारा ‘झ्वाम’

BySaptahik Samachar

६ असार २०७८, आईतवार १४:४० ६ असार २०७८, आईतवार १४:४० ६ असार २०७८, आईतवार १४:४०
  • साप्ताहिक समाचार

झापा  । स्थानीय तहको निर्वाचनका बेला गाउँ गाउँमा सिंहदरबारको नारा दिएर नागरिकलाई खुसी बनाइएपनि निर्वाचन पश्चात् नागरिक आजित हुने क्रम भने रोकिएको छैन । विभिन्न बहानामा विविध चलखेल बाहिरिने गरेको छ।

पछिल्लो पटक भने मृत्यु भएका व्यक्तिको नाममा बृद्ध भत्ता, एकल महिला भत्ता लगायतका सामाजिक सुरक्षा भत्ता रकम निकासा गरेर कर्मचारीले झ्वाम पार्ने गरेको पाइएपछि झापाको गौरीगञ्ज गाउँपालिका भित्रको मनपरी छताछुल्ल भएको छ।

वर्षौ अघि मृत्यु भइसकेका व्यक्तिहरूको नाममा समेत गौरीगञ्जका विभिन्न वडा कार्यालयहरूले रकम निकासा गरिरहेको रहस्य बाहिरिएको हो ।

महालेखा परीक्षकको आर्थिक वर्ष २०७६/७७ को प्रारम्भिक प्रतिवेदनमा मृत्यु भइसकेका २६ जनाको नामबाट विभिन्न वडाहरूले बृद्धा भत्ता, एकल महिला भत्ता लगायतका सामाजिक सुरक्षा भत्ता रकम निकासा गरेर वितरण गरेको देखाउँदै महालेखा परीक्षकले आब ०७६/७७ मा रु ३ लाख ७३ हजार रुपैंया बेरुजु देखाएको छ ।

वडा नं. १ ले २ जना, वडा नं. २ ले ४ जना, वडा नं. ३ ले ११ जना, वडा नं. ४ ले ५ जना र वडा नं. ६ ले ४ जना मृतक ज्येष्ठ नागरिक तथा एकल महिलाको नाममा सामाजिक सुरक्षा भत्ता निकासा गरेको देखिएको छ।

वडा नं २ मा त अझ २०७० सालमै मृत्यु भइसकेको एक जना एकल महिला र २०७४ सालमा मृत्यु भइसकेका एक जनाको नाममा २०७७ सालसम्म सामाजिक सुरक्षा भत्ता निकासा गर्दै आएको भेटिएको छ।

बेरुजु देखिएको रकम वडाका सम्बन्धित कर्मचारीहरूबाट भराउने तयारी भइरहेको श्रोत बताउँछ।  यस अघि विभिन्न बहाना बनाउँदै वडाका कर्मचारीहरूले केही व्यक्तिहरूको मृत्यु दर्ता गर्न समेत आलटाल गर्ने गरेको गुनासाहरू आइरहेका थिए ।

12 thoughts on “झापामा मृत्यु भइसकेका २६ जनाको वृद्ध भत्ता कर्मचारीद्वारा ‘झ्वाम’”
  1. I’m often to blogging and i really appreciate your content. The article has actually peaks my interest. I’m going to bookmark your web site and maintain checking for brand spanking new information.

  2. naturally like your web site however you need to take a look at the spelling on several of your posts. A number of them are rife with spelling problems and I find it very bothersome to tell the truth on the other hand I will surely come again again.

Leave a Reply

Your email address will not be published. Required fields are marked *