• Sat. Jul 27th, 2024

झापाका १सय५६ जनाको धरौटी जफत

BySaptahik Samachar

११ मंसिर २०७९, आईतवार १९:३५ ११ मंसिर २०७९, आईतवार १९:३५ ११ मंसिर २०७९, आईतवार १९:३५

भद्रपुर ११/मंसीर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फ झापामा १ सय ५६ जनाले धरौटी बचाउन सकेका छैनन् । १ सय ५६ जना उम्मेद्वारले धरौटी बचाउन नसक्दा १५ लाख ६० हजार रुपैयाँ राजस्व जम्मा भएको छ ।

जिल्ला निर्वाचन कार्यालय झापाका निर्वाचन अधिकारी तुलसीप्रसाद नेपालका अनुसार पहिलो हुने निर्वाचित निर्वाचन प्रणाली अन्तर्गत निर्वाचनमा जम्मा सदर मतको १० प्रतिशत कम सदर मत पाउने उम्मेदवारले उम्मेद्वारी दिँदा सम्बन्धित निर्वाचन कार्यालयमा बुझाएको धरौटी वापतको रकम जफत हुने कानुनी व्यवस्था छ ।

झापामा ४ लाख ४७ हजार १ सय ५७ वा ६५ दशमलव ९१ प्रतिशत मत खसेको थियो ।झापामा ३ लाख ३१ हजार ४४ जना पुरुष, ३ लाख ३२ हजार २ सय ५९ महिला तथा ८ अन्य गरी कुल ६ लाख ६३ हजार ३ सय ११ जना मतदाता थिए । यद्यपि सदर मतसंख्या एकीन गर्ने कार्य भइरहेको निर्वाचन कार्यालय झापाले जनाएको छ ।

उहाँका अनुसार उम्मेदवारका लागि दश हजार रुपैयाँ धरौटी राख्नुपर्ने नियम छ । निर्वाचन कार्यालय झापाले दिएको जानकारी अनुसार विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी मंसिर ४ गते भएको निर्वाचनमा झापाबाट प्रतिनिधि सभा सदस्यका ५ वटा क्षेत्र र प्रदेश सभा सदस्यका १० वटा क्षेत्रको लागि प्रतिनिधि सभा सदस्यकालागि ८ महिलासहित १ सय १ र प्रदेशसभा सदस्यका लागि १० महिलासहित १ सय ६ जनाले २३ असोजमा मनोनयन दर्ता गराएका थिए भने प्रतिनिधिसभाका लागि ९४ र प्रदेशसभाका लागि ९८ गरी कुल १ सय ९२ जना चुनावी प्रतिस्पर्धामा थिए । बाँकीले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए ।

उम्मेद्वारी कायम रहेका मध्ये प्रतिनिधिसभातर्फ ७९ र प्रदेशसभातर्फ ७७ गरी कुल १ सय ५६ जनाले धरौटी बचाउन नसकेको निर्वाचन पछिको मतगणनाबाट देखिएको छ। प्रतिनिधिसभा सदस्यतर्फ सवैभन्दा बढी निर्वाचन क्षेत्र नम्बर ५ मा २२ जना छन् भने सवै भन्दा कम निर्वाचन क्षेत्र नम्बर १ मा १२ जनाले धरौटी रकम बचाउँन सकेनन् ।

यसैगरी, निर्वाचन क्षेत्रनम्बर २ मा १४, निर्वाचन क्षेत्रनम्बर ३ मा १६, निर्वाचन क्षेत्र नम्बर ४ मा २२ जनाले धरौटी गुमेक। छन्। प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेस, नेकपा एमाले, राप्रपा नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, स्वतन्त्र, राष्ट्रिय जनमुक्ति पार्टी, हाम्रो नेपाली पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपालका लागि नेपाली पार्टी, जनता समाजवादी पार्टी नेपाल, नेपाल जनता पार्टी, मंगोल नेशनल अर्गनाईजेशनले उम्मेदवारी दिएको निर्वाचन कार्यालय झापाले जनाएको छ ।

यसैगरी प्रदेशसभा सदस्यतर्फ निर्वाचन क्षेत्रनम्बर ५ को २ ‘ख’ मा सवैभन्दा बढी १० र कम निर्वाचन क्षेत्रनम्बर र १ ‘क’ मा ४ जनाले धरौटी बचाएनन् । निर्वाचन क्षेत्रनम्बर १ को प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रनम्बर २ ‘ख’ मा ८, निर्वाचन क्षेत्रनम्बर २ को १ ‘क’ र २ ‘ख’ मा क्रमस ८÷८, निर्वाचन क्षेत्र नम्बर ३ को १ ‘क’ मा ६ र २ ‘ख’ मा ९, निर्वाचन क्षेत्रनमबर ४ को १ ‘क’ ८ र २ ‘ख’ मा ९, निर्वाचन क्षेत्रनम्बर ५ को १ ‘क’ मा ८ जनाको धरौटी सूरक्षित हुन् सकेको छैन् ।

प्रदेशसभा सदस्य मा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, मंगोल नेशनल अर्गानाइजेशन र मौलिक जरोकिलो पार्टी, राप्रपा नेपालले उम्मेदवारी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *