• Sat. Jul 27th, 2024

झापाका पुराना पत्रकार नेउपानेको निधन

BySaptahik Samachar

१३ फाल्गुन २०८०, आईतवार १८:२० १३ फाल्गुन २०८०, आईतवार १८:२० १३ फाल्गुन २०८०, आईतवार १८:२०

भद्रपुर १३,फागुन / झापाका पुराना सञ्चारकर्मी योग्यराज नेउपानेको निधन भएको छ। भद्रपुर – १० चन्द्रगढीस्थित धनुषमोडका स्थायी वासी नेउपाने यता केही समयदेखि काठमाडौँमा बस्दै आउनुभएको थियो। उहाँ ७५ वर्षको हुनुहुन्थ्यो।
झापामा चालिसको दशक अघिबाटै ‘ विवेचना ‘ साप्ताहिकबाट पत्रकारिता आरम्भ गर्नुभएको उहाँले आफ्नै सम्पादनमा ‘ जनध्वनि’ साप्ताहिक पनि प्रकाशन गर्नुभएको थियो। उहाँ झापा भद्रपुर-चन्द्रगढीबाट प्रकाशित ‘झापा एक्सप्रेस’ दैनिकसँग पनि आवध्द हुनुहुन्थ्यो।
उहाँको धर्मपत्नी पुण्यकुमारी न्यौपाने, छोरा बुहारीहरु अच्युत राज (तानसेन) +भारती न्यौपाने, दिब्यराज +मिरा न्यौपाने तथा तीन छोरीहरू हुनुहुन्छ।

One thought on “झापाका पुराना पत्रकार नेउपानेको निधन”

Leave a Reply

Your email address will not be published. Required fields are marked *