• Sat. Jul 27th, 2024

झापाका कुन पालिकालाई कति बजेट

BySaptahik Samachar

१९ जेष्ठ २०७९, बिहीबार २२:२९ १९ जेष्ठ २०७९, बिहीबार २२:२९ १९ जेष्ठ २०७९, बिहीबार २२:२९

झापा , जेठ १९ । झापाका १५ पालिकाका लागि कूल ७ अर्व ३१ करोड ८६ लाख बजेट विनियोजन गरिएको छ ।
ययकेन्द्र सरकारले विभिन्न शीर्षकमा दिने अनुदानका आधारमा सो बजेट विनियोजन भएको हो । यसमा सबैभन्दा बढी मेचीनगर नगरपालिकालाई बजेट विनियोजन भएको छ । मेचीनगरले विभिन्न शीर्षकमा गरी कूल ८३ करोड ५८ लाख बजेट रकम प्राप्त गरेको छ ।
यययस्तै सबैभन्दा थोरै बजेट हल्दिबारी गाउँपालिकाको रहेको छ । यो गाउँपालिकालाई ३० करोड ९९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । यसैगरी,सदरमुकाम भद्रपुर नगरपालिकाको लागि ४९ करोड ८७ लाख रुपैयाँ विनियोजन भएको छ। त्यस्तै, अर्जुनधारा नगरपालिकाको लागि ४९ करोड ४२ लाख रुपैयाँ, कन्काई नगरपालिकाको लागि ३५ करोड ७६ लाख , गौरादह नगरपालिकाको लागि ५० करोड ९७ लाख, दमक नगरपालिकाको लागि ७१ करोड ५१ लाख, बिर्तामोड नगरपालिकाको लागि ७० करोड ७९ लाख विनियोजन भएको छ भने शिवसताक्षी नगरपालिकाको लागि ५७ करोड १४ लाख रुपैयाँ विनियोजन भएको छ ।

ययस्तै गाउँपालिकाहरुमा कचनकवल गाउँपालिकाका लागि ३८ करोड ३६ लाख, कमल गाउँपालिकाका लागि ४७ करोड २४ लाख , गौरीगञ्ज गाउँपालिकाका लागि ३२ करोड ६९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । त्यस्तै झापा गाउँपालिकाका लागि ३७ करोड ६ लाख, बाह्रदशी गाउँपालिकाका लागि ३७ करोड ३३ लाख र बुद्धशान्ति गाउँपालिकाका लागि ३९ करोड १५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
ययविनियोजित बजेटहरु न्यूनतम अनुदान, सुत्रमा आधारित अनुदान, कार्यसम्पादनमा आधारित अनुदान, सशर्त अनुदान, समपुरक अनुदान र विशेष अनुदान गरी वर्गीकरण गरेर विनियोजन गरिएको हो । कार्यसम्पादनको आधारमा झापामा सबैभन्दा बढी बजेट गौरीगञ्ज गाउँपालिकाले प्राप्त गरेको छ । कार्य सम्पादनमार्फत मात्रै यो गाउँपालिकामा ५९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
दोस्रोमा शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकाको समान अंक रहेको छ । यी दुवै पालिकाले ५६ लाख रुपैयाँ कार्यसम्पादनका आधारमा थप बजेट पाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *